Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अर्गानिक प्रमाणीकरण नहुँदा चियाको अन्तराष्ट्रिय बजार संकटमा

अर्गानिक प्रमाणीकरण नहुँदा चियाको अन्तराष्ट्रिय बजार संकटमा

  • सुजन तिमल्सिना
  • मंगलबार, कार्तिक ७ २०७४


अर्गानिक प्रमाणीकरण नहुँदा चियाको अन्तराष्ट्रिय बजार संकटमा

इलाम । अर्गानिक प्रमाणिकरण गर्ने निकाय नेपालमा नहुँदा उत्पादित चिया अन्तरारष्ट्रिय बजारमा पुग्न सकेको छैन । बिदेशी संस्था गुहारेर अर्गानीक प्रमाणित गराउन सक्ने उद्योगीको क्षमता नहुँदा नेपालको चिया स्थानीय तथा भारतीय बजार निर्भर रहेको छ ।  घरेलु उद्योग खोलेर चिया प्रशोधन गर्दै आएका किसानले पहुँचको अभावमा चियाको अर्गानिक प्रमाणीकरण गर्न सकेका छैनन् ।

उद्योगबाट जैविक अर्थोडक्स चिया तयार गरेपनि अर्गानिक प्रमाणिकरण गर्न नसक्दा नेपालको अर्गानीक चिया अन्तराष्ट्रिय बजारमा पुग्न नसकेको हो । अन्तराष्ट्रिय बजारमा जैविक चियाको माग राम्रो भएपनि विश्वसनीय निकायबाट प्रमाणित गर्न ठुलो धनरासी खर्च गर्नुपर्ने भएकाले घरेलु उद्योगी भारतीय बजारमा चिया बिक्रि गर्दैै आएका छन् । नेपालमा जैविक चियाको प्रमाणीकरण गरेर प्रमाणपत्र दिने निकाय नहुदा विदेशी संस्था बोलाएर प्रमाणीकरण गर्न लाखौँ रुपैयाँ खर्च हुने भएकाले समस्या भएकाे  चिया उद्यमी माेतीराम दाहालले बताए ।

प्रमाणिकरण नहुँदा नेपालको जैविक चिया अन्तराष्ट्रिय बजारमा निर्यात हुन सकेको छैन ।   जर्मन टी काउन्सिल र युरोपियन टी कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि अर्गानीक प्रमाणिकरण पछि मात्रै नेपालको चिया तेश्रो मुलुकमा निकासी हुने गरेको छ ।

ठुला चिया उद्योगीले अन्तराष्ट्रिय संस्था नासा मार्फत चिया प्रमाणिकरण गरि पठाएपनि साना चिया उद्योग प्रमाणित गराउने प्रक्रियामा आवश्यक पर्ने रकम जुटाउन नसक्दा सिटिसीसरह अर्थोडक्स चिया बिक्रि गर्दै आएका छन् । नेपालको पाँचथर, इलाम, धनकुटा जिल्ला जैविक अर्थोडक्स चिया उत्पादन गरि उद्योगीले बजारमा पठाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार