Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कुटिडाँडामा आगलागी हुँदा २० लाख बढीको क्षति

कुटिडाँडामा आगलागी हुँदा २० लाख बढीको क्षति

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ६ २०७४


कुटिडाँडामा आगलागी हुँदा २० लाख बढीको क्षति

इलाम । इलामको दक्षिणी क्षेत्र रोङ गाँउपालिका–३ कुटिडाँडामा आगलागी भएको छ । आज अपराहन्न ३ बजे स्थानिय विमल खवासको १ तले टिनको छानो भएको घरबाट सुरु भएको आगलागीले कर्णाखर बास्कोटाको घरमा समेत सामान्य क्षति पुगेको छ ।

आगलागीबाट विमल उनको घरमा बस्ने बविता भुजेल बिस्थापित भएका छन । घरमा रहेको लताकपडा तथा खाध्यान्न पुर्ण रुपमा जलेको छ । स्थानियबासिन्दा, देउसी टोली र सुर्योदय नगरपालिकाको दमकलको सहायताबाट १ घण्टामा आगालागी नियन्त्रणमा आएको छ । घरमा बालिएको बिजुली सटभइ आगलागी भएको हो ।

आगालागीबाट २० लाख रुपैयाभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष मातृका बरालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार