इलाम । इलाम नगरपालिका वडा नम्बर १२ मा सञ्चालन भइरहेको तरुण दल गोल्ड कपको उपाधि कोप्चे युवा फुटवल क्लब बिजयी भएको छ । फत्तेजुङ्ग फुटवल क्लव देउमाई नगरपालिका ३ लाई सुन्यका विरुद्ध ३ गोल गर्दै कोप्चे युवा क्लव बिजयी भएको हो । अशोज २२ गतेदेखि शुरु भएको फुटवल प्रतियोगितामा उत्कृष्ट खेलाडी निगाले युवा स्टार क्लव इलाम नगरपालिका १२ का लोकेन्द्र भुजेलले भएका छन् । उनले नगद ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यस्तै उत्कृष्ट गोलरक्षकमा अल स्टार ए इलाम नगरपालिका १२ का आसिस कटुवाल पुरस्कृत भएका छन् । ३५ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको प्रमुख अतिथि तथा नेपाली काग्रेस जिल्ला कार्यसमिति इलामका पूर्व कोषाध्यक्ष डम्बर खड्काले प्रायोजन गरेका थिए । प्रतियोगिताको उप विजेतालाई १७ हजार रुपैयाँ नगद, ट्रफि र प्रमाण पत्र प्रमुख अतिथि खड्काले प्रदान गरेका थिए ।

नेपाल तरुण दल वडा कार्य समितिका अध्यक्ष राजेन्द्र खत्रिको अध्यक्षतामा गोल्डकपको समापन कार्यक्रममा स्वागत मन्तव्य अर्जुन घिमिरेले गरेका थिए । यस्तै इलाम नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लाखमान लिम्बु, समाजसेवी तिलक थापा, काग्रेसका क्षेत्रीय पार्टी सचिव लक्ष्वण चौलागाई, साङ्रुम्बा खेलकुद विकास समितिका सचिव उदय राई, वडा नम्बर १२ को महिला वडा सदस्य सर्मिला लिङ्दमले खेलकुदको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए ।
यस्तै नेपाल शिक्षक संघका हुकुमलाल थेवे, समाजसेवी नरेन्द्र बुडाथोकी, जिल्ला फुटवल संघका पूर्व अध्यक्ष सन्तोस भक्तराज, राष्ट्रिय खेलाडी गोपाल चौहान र नेपाल तरुण दलका जिल्ला अध्यक्ष संतोस तामाङ्गले ग्रामीण क्षेत्रमा आयोजना गर्ने फुटवल प्रतियोगितामा सरकारी निकायले लगानी बढाउनुपर्ने बताएका थिए ।