इलाम । सदरमुकामको नजिक रहेर पनि संरक्षण अभावका कारण ओझेलमा परेको भालुढुङ्गाको संरक्षणमा युवाहरु जुटन थालेका छन । इलामको चियाबारी, भ्यु टावरभन्दा पृथक गन्तव्य बोकेको भालुढुङगा संरक्षणका लागी स्थानीय गडिथुम्काका युवाहरु हरि गुरुङको अगुवाईमा भालु ढुङ्गालाई चिटिक्क पार्न लागी परेका हुन ।
सदरमुकामबाट चियाबारी हुदैँ एक किलोमिटर दुरीमा अवस्थित भालुढुङ्गा इलाम नगरपालिका–६ गडिगाँउमा अवस्थित छ । यस क्षेत्रबाट विभिन्न स्थल इलामको प्रसिद्ध माईपोखरी,जसबिरे,पुवाखोला दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रको संरक्षण र प्रचारको जरुरी भएका भन्दै स्थानीय युवाहरु सक्रिय सहभागि भई कार्य गरिरहेका छन् । स्थानीय युवा तथा भालुढुङ्गा क्षेत्र विकास समितिका स्वयंसेवक कपिल कोइरालाले यस करिव १४ हेक्टर क्षेत्रफलमा फैलिएको पुरानो वन रहेकाले युवाहरुले यसको संरक्षणमा समेत जोड दिने बताए । यस्तै यहाँ चिडियाखाना समेत स्थापना गरि पर्यटन प्रवद्र्धन गरि स्थानीय स्तरमा पाइने जीवजन्तुको संरक्षण गर्ने बताए । तर आफूहरुले भर्खरै काम सुरु गरेको हुनाले स्रोत तथा साधन अभाव भएको उनले बताए ।
यस्तै पर्यटन प्रवद्र्धनमा सक्रिय रुपमा लागिपरेका हरि गुरुङ्गले योजना र कामको सुरुवातसगैँ पर्यटकीय स्थलको विकासका लागि सरोकारवाला निकायको समेत महत्वपूर्ण सहयोग हुने अपेक्षा रहेको बताए ।
इलाममा उत्पादन हुने सामग्री,स्थानीय क्षेत्रको पर्यटनलाई मध्यनजर गरि विश्रामस्थलको रुपमा विस्तार गर्ने साथै यसलाई पिकनिक स्पोर्ट रुपमा विकर्सित गर्ने बताए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई थप मनोरञ्जनका लागि उपयुक्त गन्तव्य समेत रहेको बताए । हप्तादिन अगाडि मात्र काम सुरुवात गरेपनि दैनिकजसो दश जना भन्दा बढी युवाहरु खटिरहेको हुनाले अन्य निकायबाट समेत सहयोगको अपेक्षा रहेको बताए ।
यस्तै मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौरालीले सदरमुकामको नजिकमा अवस्थित विभिन्न स्थलको दृश्यावलोकन गर्न सकिने यस स्थल ओझेलमा परेपनि स्थानीय युवाको सक्रियताको कदर गर्न मेची पहाडी पर्यटनले समेत सहयोग गर्ने बताए । झापाका मदन तिम्सिनाले इलामको चियाबारीसगैँ नजिकै रहेको यस स्थान प्राकृतिक रुपले सुन्दर र गुफा समेत रहेकाले छुट्टीको समयमा घुम्ने गन्तब्य भएको र यसको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताए ।
तेश्रो मुलुकका पर्यटक समेत आर्कषित भए
भालुढुङगा संरक्षण सुरु हुने वितिकै तेश्रो मुलुकबाट इलाम आउने पर्यटकहरु सो क्षेत्रमा पुग्ने थालेका छन । नेपाल आफ्नो दोश्रो होमटाउन बताउने इटाली पर्यटक टिमका लिडर पाउलो पाइचेलेकोले आफनो टिमका साथ भालुढुङगा अवलोकन क्रममा बासघारी,सिहदेवीको मन्दिर,अलैंचीको बिरुवाबारी,सिरुवारी,परम्परागत शैलीको नाली धारा धारा, बुचेधारा, चराचुरुङ्गी, झ्याउकिरीको एक किसिमको आवाजले उनलाइ मोहनी लगाएको बताए । उत्तेजित हुँदै उनले भने ‘इलाममा यति धेरै राम्रा ठाउहरु पनि रहेछ हामीलाइ जानकारी नभै पर्यटकहरु अक्सर फर्कन्दा रहेछन जसरी हामी गत बर्ष फर्केका थियौ’।
उनी यो पटकको भ्रमणमा भालु ढुङ्गाको सामुदायिक बन,गुफा,एतिहासिक भालुढुङ्गाको कथा,ढुङ्गामाथी बाट तल बेसि तिरको धानखेतका दृश्य,पारिपट्टि तोरिबारीको सस्कृत पाठशाला,बौद्ध गुम्बा,हाइड्रो दृश्यबाट यति प्रवाहित भएर यात्रामा यति रमाएकी आउदो बर्षको इलाम भ्रमणमा भालु ढुङ्गा उनको यात्रा योजना ट्र्याकमा समावेस समेत गर्ने बताए ।