Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन : मनोनयन दर्ता सुरु

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन : मनोनयन दर्ता सुरु

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक ५ २०७४


प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन : मनोनयन दर्ता सुरु

इलाम । स‍विधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन सुरु भएको छ । आइतबार बिहान १० बजेदेखि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको काम सुरु भएको छ ।

वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनेकाले उम्मेदवारी टुंग्याउन ढिला हुँदा कतिपय ठाउँमा अझै उम्मेदवार पुग्न सकेका छैनन् । बिहान स्वतन्त्र र साना पार्टीका उम्मेदवारहरु मनोनयनका लागि लाइन बसेका छन् ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ क्षेत्रमा मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ । ‘तर उम्मेदवारी दर्ताका लागि लाइनमा बसेकाहरुको मनोनयन नभएसम्म राति अबेरसम्म दर्ताको काम हुनेछ,’ उनले भने ।

पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगथा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, वाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का पूर्वी रुकुम, र रोल्पा, प्रदेश नम्बर ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्जुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार