स्मिता देवान रार्इ
फिक्कल । सूर्योदय नगरपालिकाको प्रथम नगर सभाबाट पारित कार्ययोजना एबं निति तथा कार्यक्रमको सार्वजानिक गरिएको छ । नगरका प्रमुख रणबहादुर राईले आ ब २०७४÷७५ को ६९ करोड २२ लाख ६७ हजार ८ सय ५३ रुपैया को कुल बजेट सार्वजनिक गरे । नगरपालिकाले चालु खर्च तर्फ ३७ करोड ३१ लाख ५६ हजार ५० रुपैया (५३.९%) र पुजीँगत तर्फ ३१ करोड ९१ लख ११ हजार ८ सय ३ रुपैया (४६.१० %) बजेट नगर सभाबाट पारित गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले नगरसभाले पारित गरेको निति कार्ययोजना राम्रो रहेको बताउदै जिल्लाकै ठुलो नगरपालिकालाई यहाँका राम्रा सम्भावनाहरु पहिचान गर्दै सबै एक भएर अघि बढन सके जिल्लाकै नमुना नगर हुनेमा दुईमत नरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले पर्यटनको संभावना प्रचुर रहेको सूर्योदय नगरपालिकाले अन्यको तुलनामा चाडै फडर्को मार्ने बताए । नगर प्रमुख राईले सबै सम्भावनाहरु अवसर चुनौतिहरुलाई मध्यनजर गरेर बजेट कार्ययोजना ल्याएकोले नगरको दिगो बिकासको ढोका खोलिनेमा आफुहरु बिश्वस्त रहेकोमा जोड दिए ।
सुर्योदय नगरपालिका इलामले हरेक बर्ष प्रदान गर्दै आएको नगरपत्रकारिता पुरस्कारबाट राजकुमार दाहाल सम्मानित भएका छन । दाहाललाई नगर प्रमुख राई र प्रमुख अतिथी बरालले दोसल्ला र प्रमाणपत्र सहित नगद ५ हजार प्रदान गरे ।
यस्तै नगरपालिकाले नगरका बिभिन्न स्थानमा जग्गा प्रदान गर्ने जग्गा दाताहरु उत्तम कुमार श्रेष्ठ, जिवन प्रधान जिवन कुमार गौतम गंगामाया घिसिङ चन्द्रमाया वाग्ले, उत्कृष्ट कर्मचारीको गोबिन्द पौडेल फिक्कल प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक मोहन रायमाझी, उत्कृष्ट करदाता छत्र बहादुर आचार्य उत्कृष्ठ उपभोक्ता समिति मालुम कजेनी सडक उपभोक्ता, साना तथा कोशेली ललीपप उद्योगका संचालक शिवलाल प्रधान लगायतलाई सम्मान गरेको छ ।