धमप्रसाद जवेगु
साङरुम्बा, । रत्नमाइ बचत तथा ऋण सहकारी संस्था साङरुम्बाको अध्यक्षमा पुनः भरतकुमार घिमिरे निर्वाचित भएका छन । शुक्रवार भएको सहकारीको १९ औ साधारणसभाबाट घिमिरेले प्रकाश रायालाई २७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा खसेको २१४ मत मध्ये घिमिरेले ११७ मत प्राप्त गरेका थिए भने रायाले ९० मतमात्र प्राप्त गरेका थिए । ७ मत बदर भएको थियो । अध्यक्ष बाहेकका अन्य पदमा भने सर्वसम्मत रुपमा चयन भएको छ ।
समितीको उपाध्यक्षमा हरि राउत, सचिव होमनाथ रिजाल चयन भएका छन । त्यसै गरी सदस्यहरुमा राजकुमार लिम्बु, प्रशना राई, हेमसागर सापकोटा, कमला घिमिरे, भिमकला राया, भिमकुमारी राई चयन भएका छन । लेखा संयोजकमा बालकृष्ण घिमिरे चयन भएका छन । लेखा समितीको सदस्यहरुमा कृष्णप्रसाद घिमिरे र लक्ष्मीमाया लिम्बु चयन भएका छन । त्यस्तै ऋण उपसमिती संयोजकमा हरिबहादुर राउत चयन भएका छन । सदस्यहरुमा विबीमाया लिम्बु र तेजप्रसाद घिमिरे सर्वसम्मत भएका छन ।
भरतकुमार घिमिरेको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथी इलाम नगरपालिका–१२ का वडाध्यक्ष लाखमान लिम्बु रहेका थिए । १ करोड ५४ लाख १ हजार ८११ रुपैयाको आयव्यय संस्थाका लेखा संयोजक प्रकाश रायाले सार्वजनिक गरेका थिए । २०५५ सालमा स्थापना गरिएको सहकारीले गत बर्ष १ लाख २८ हजार रुपैया नाफा आर्जन गरेको थियो । संस्थामा हाल ४१६ जना सेयर सदस्यहरु आवद्ध रहेका छन ।