Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज २६ २०७४


स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

 

इलाम । सबैका लागि स्वास्थ्य शिक्षा भन्ने मुलभुत उद्देश्यका साथ स्वास्थ्य क्षेत्रमा क्रियाशिल प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ललितपुरले स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने भएको हो । स्वास्थ्य क्षेत्रमा रहेका विकृति र विसंगती, स्वास्थ्यकर्मीले सेवाग्राहीलाई गरेका दुव्र्यवहार, स्वास्थ्यकर्मी माथी हुने दुव्र्यवहार तथा स्वास्थ्य क्षेत्रमा हुने अभिलेखहरुहरुको संगालो स्वरुप सो पुस्तक निकालिने इलाम सदरमुकाममा बुधबार आयोजित पत्रकार सम्मेतलनमा जानकारी गराइयो ।
सन् २०१९ बाट स्वास्थ्य अधिकार वर्ष पुस्तक निकालिने जनहित असल सासन क्लब धनकुटाका अध्यक्ष तथा स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष हुकुमप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार सरकारले उपलब्ध गराउने निशुल्क स्वास्थ्य सेवा र आमा सुरक्षा कार्यक्रम लागु भए नभएको तथा यि अधिकार हनन् सम्बन्धि विषयलाई मुख्य रुपमा उठाइने छ । वि.सं. २०४५ सालमा स्थापना भएको संस्थाले ५८ वटा जिल्लामा रहेका जिल्ला सञ्जालसँग सहकार्य गरेर अघि बढ्ने बताइएको छ ।
यस पुस्तकले सत्य घटना बाहिर ल्याउन, सहभागीको सक्रियता सहभागिता गराउन मद्दत पुग्ने सुर्ती नियन्त्रण तथा प्राथमिक स्वास्थ्य सेवा केन्दको जिल्ला स्थित सञ्जालका उपाध्यक्ष सुदिप श्रेष्ठले बताए । नागरिकको स्वास्थ्य अधिकार हनन् भएको भए सो को अभिलेख राखिने समेत उपाध्यक्ष श्रेष्ठले बताए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार