Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको ठुलो नगरपालिका सूर्योदयको  महिनादिन देखि फोहोर उठेन 

इलामको ठुलो नगरपालिका सूर्योदयको  महिनादिन देखि फोहोर उठेन 

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २५ २०७४


इलामको ठुलो नगरपालिका सूर्योदयको  महिनादिन देखि फोहोर उठेन 

इलाम । इलामको सबैभन्दा धेरै जनसंख्या रहेको सुर्योदय नगरपालिकामा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते पुग्ने सडक क्षतिग्रस्त भएपछि एक महिनादेखि सुर्योदय नगरपालिका क्षेत्रका बजारक्षेत्रमा फोहोरको डंगुर थुप्रिएको छ ।  सडक क्षतिग्रस्त भएपछि संकलन भएको फोहोर फ्याक्ने अन्य ठाउँको व्यवस्थापन नहुँदा बजार क्षेत्रमा फोहोर थुप्रिएको हो ।

फोहोरमैला व्यवस्थापनका लागि झापा स्थित अभियान नेपाल संस्थाले ठेक्का पाएपनि संकलित फोहोर नउठाएपछि सूर्योदय नगरपालिका क्षेत्रको फिक्कल, पशुपतिनगर, तिनघरे, कन्याम, हर्कटे, शान्तिचौक लगायतका व्यपारिक क्षेत्र दुर्गन्धित भएका छन् ।  दिनमा २ टनसम्म फोहोर संकलन हुँदै आएको सूर्योदय नगरपालिको बजार क्षेत्रमा अहिले जहाँतही फोहोरको थुप्रो लागेको छ ।

पुरानो डम्पिङ्ग साइटमा फोहोर फ्याक्न नसकिएकाले दूई दिनभित्रमा अर्को डम्पिङ्गसाइटको जग्गा व्यवस्थापन गरि बजार क्षेत्रको फोहोर उठाइने गरिने सूर्योदय नगरपालिकाका मेयर रण बहादूर राईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार