Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हात हैन हसियाको प्रयोग हुन थाल्यो अर्थोडक्स चिया टिप्न

हात हैन हसियाको प्रयोग हुन थाल्यो अर्थोडक्स चिया टिप्न

  • सुजन तिमल्सिना
  • बिहिबार, असोज १२ २०७४


हात हैन हसियाको प्रयोग हुन थाल्यो अर्थोडक्स चिया टिप्न

इलाम । दुई पात एक सुइरो टिप्नु पर्ने अर्थोडक्स चिया मजदूर अभाव भएपछि किसानले हसिँया समेत प्रयोग गर्न थालेका छन् । चिया रोप्नेदेखि टिप्ने तथा काँटछाटका लागि दक्ष जनशक्ति आवश्यक भएपनि मजदूर अभावले चिया क्षेत्रको उत्पादन प्रशोधन र बजारीकरणको समस्या  भएको हो ।  अर्थोडक्स चिया उत्पादन हुँदै आएको इलाममा चिया बगानमा काम गर्ने मजदूरको अभावले किसानले चिया टिप्न आधुनिक मेसिन हैन घाँस काट्ने हसिँयाको प्रयोग बढ्दो छ । दुई पात एक सुइरो टिप्नु पर्ने अर्थोडक्स चिया मजदूर अभाव भएपछि किसानले हसिँया समेत प्रयोग गर्न थालेका हुन् । चिया बगानमा काम गर्ने श्रमीक नपाएपछि किसानले छिटो चिया टिप्नका लागि हसियाको प्रयोग गर्दै आएको सूर्योदय नगरपालिका  ८ का प्रेमसागर भट्टराईले बताए ।

प्रत्येक सात दिनको फरकमा टिप्नु पर्ने चिया किसानले मजदुर अभावका कारण १५ दिनको फरकमा टिप्दै आएका छन् । हरेक किसानको घरमा चिया रोपण भएको र युवावर्ग अध्ययन र बैदेसिक रोजगारमा गएपछ  मजदूर अभाव भएको  हो । जनसंख्या वृद्धि नहुनु, गाउँका युवा उच्च शिक्षा र रोजगारका लागि बिदेशीने भएकाले चिया क्षेत्रमा मजदुर अभाव भएको हो । प्रत्येक साता टिप्नु पर्ने अर्थोडक्स चिया मजदुर अभावका कारण १५ दिनमा टिप्दै आएको किसान माधव भट्टराईले बताए ।‘ सात दिनमा टिप्ने चिया १५ दिनमा टिप्न सुरु गरेपनि एक दुई दिनमै टिप्न सकिदैन’ भट्टराई भन्छन्–‘ हरेक किसानको घरमा चिया खेती भएकाले हातले चिया  टिप्दा हुर्किएर बित्ने भएकाले छिटो चिया टिप्न हसियाको प्रयोग भएको हो ।’ उनी भन्छन्– ७ दिनमा टिप्ने चिया १५ दिनमा टिप्छौ, हातले टिप्ने हसियाको प्रयोग गर्छौ ।

चिया क्षेत्रमा काम गर्दाको ज्यालाबाट परिबार पाल्न समस्या भएपछि धेरैजसो युवाहरु बैदेसिक रोजगारीमा गएका छन् । मजदूर अभावले चियाको कटिङ्ग, प्लकिङ्गमा गुणस्तर नहुँदा तयारी चिया पनि गुणस्तरीय उत्पादन हुन छोडेको छ । दूईपात एक सुइरो चिया टिप्नुपर्नेमा हिसिया प्रयोग गरेपछि डाक्ला पात सबै संकलन हुँदा चियाको गुणस्तर खस्किदै गएको हिमालय रेञ्ज चिया प्रशोधन उद्योगका प्रबन्धक सचिन गोग्देनले बताए । टिपाईनै राम्रो नभएपछि तयारी चिया पनि राम्रो नभएकाले उत्पादन पनि राम्रो नभएको उनको भनाइ छ ।  । दुई पात एक सुइरो हुनु पर्नेमा किसानले सुइरो बिनाको दुई हात लामो चिया लिएर आउने गरेका छन्, उनी भन्छन्–चियाको टिपाई राम्रो नभए तयारी चियाको बजारीकरणका लागि समस्या छ ।

चिया बगान र उद्योग स्थापना हुने क्रम बढेपनि चिया क्षेत्रका दक्ष कामदार पलायन भएपछि इलामको चिया क्षेत्रमा समस्या बढ्दो छन् । चिया रोप्नेदेखि टिप्ने तथा काँटछाटका लागि दक्ष जनशक्ति आवश्यक भएपनि मजदूर अभावले चिया क्षेत्रको बर्षौदेखि उत्पादन,प्रशोधन र बजारीकरणको समस्या अझै हटेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार