इलाम । पार्टीलाई असहयोग गरि पार्टी विरुद्ध लागेको भन्दै नेपाली कांग्रेस चुलाचुली गाँउ पार्टी तत्कालिन सभापति गणेशप्रसाद फागो सहित १६ जना लाई कार्वाहि गरेपछि यतिबेला नेपाली कांगे्रस चुलाचुली गाँउपालिकामा भाडभैलो मच्चिएको छ ।
निर्वाचन सकिएको २ महिना पछि पार्टीका तत्कालिन साक्फारा गाँउससमिति सभापति तथा चुलाचुली गाँउपालिका उपसभापति कर्णबहादुर राईले पार्टीको विधान विपरित आफुहरुलाई कारवाहिको सिफारिस गरेको भन्दै तत्कालिन गाँउपालिका सभापति फागो सहित कारवाहिमा पर्ने समुहले झापाको दमकमा पत्रकार सम्मेलन गर्दै आफुहरुले समेत पार्टीमा विधान विपरित अघि बढ्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
उनिहरुलाई स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरि पार्टीको आधिकारीक उम्मेदवारलाई हराएको भन्दै उपसभापति राईको नेतृत्वमा बसेको बैठकले कारवाहीको सिफारिस गरेको थियो । उपसभापति राईको नेतृत्वमा बसेको बैठकले पार्टी सभापति फागोलाई क्रियाशिल सदस्यबाट निलम्बन गरि अधिवेशन सम्मका लागि राईले नै सभापतिको जिम्मेवारी सम्हाल्ने बताइएको थियो । तर उक्त निर्णय विधान विपरित भएको र यसका लागि केन्द्रीय कार्यसमितिमा जाने पार्टी सभापति फागोले बताए । उनले निर्वाचनमा समेत पार्टीका आधिकारीक उम्मेदवारलाई नै जिताउन समेत लागेको बताए ।
यसअघि पार्टीले फागो सहित १६ जनालाई कारवाही गरेको थियो । पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध गाँउपालिका अध्यक्ष पदमो स्वतन्त्र उम्मेदवार भनि उम्मेदवार भएका अनुप अधिकारी र वडा नम्बर ४ का पार्टी विरुद्ध उठ्ने नरेन्द्र कुमार वान्तावालाई समेत कारवाही गरेको छ ।