इलाम । इलामको दक्षिणी क्षेत्र रोङ गाँउपालिका– १ स्थित विरिङ खोलाको झोलुङगे पुलमुनी एक जनाको शव फेला परेको छ । शव स्थानिय ६२ बर्षिय दुर्गा प्रसाद खनालको रहेको प्रहरीले जनाएको छ । बिहिवार घरबाट निस्किएको उनको शव शुक्रवार झोलुङगे पुल मुनी घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका निरिक्षक सिव कुमार बुडाथाेकिले बताए ।
शवको थप परिक्षणको लागी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको बुडाथाेकीले बताए ।