Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कर्मचारी नहुँदा स्थानिय तहको सेवा प्रभावित

कर्मचारी नहुँदा स्थानिय तहको सेवा प्रभावित

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज ६ २०७४


कर्मचारी नहुँदा स्थानिय तहको सेवा प्रभावित

इलाम । जनप्रतिनिधि निर्वाचित भईसकेपछि पनि स्थानीय तहमा कर्मचारी पर्याप्त नहुँदा सेवा प्रभावित भएको छ । इलामका १० वटै स्थानिय तहका अधिकाँश वडामा कार्यालय सचिव एवम बिषयगत कार्यालयका कर्मचारी छैन्न । कर्मचारीहरु नहुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन ।
विषयगत कार्यालयबाट खटाईएका कर्मचारीहरु कार्यालयमा पुगेका छैन्न । नीति, बजेट तथा कार्यक्रम बनाउने काम सम्पन्न भइ कार्यान्वयन गर्ने समयमा अधिकांश कार्यालयका कर्मचारी सदरमुकाम मै छन् । इलाम सदरमुकाम रहेको वार्ड नं ७ मा समेत वार्ड सचिव छैनन । सचिव नहुँदा नगरपालिकाका शाखा अधिकृत राम शाहलाई सचिवको रुपमा जिम्मेवारी दिनुपरेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । वार्ड कार्यालयमा सचिव नहुँदा सेवाग्राहीहरु शाहलाई भेटन नगरपालिकाको कार्यालय पुग्नुपर्ने वाध्यता छ ।
योजना तर्जुमाको काम चलिरहदा कार्यालय व्यवस्थापन तथा अन्य तयारी गर्नु पर्ने बेलामा गाँउपालिका र नगरपालिका रित्तै छन् । सिंहदरबारको अधिकार गाँउमा आएको भनिदै आएपनि अझैसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन । विभिन्न कार्यालयहरुले कर्मचारी खटाएको भनिएपनि कर्मचारीहरुले काम थालेका छैन ।
दक्षिणी क्षेत्र माइ नगरपालिकामा एक जना सचिवले ३ वटा सम्म वार्डको कार्यभार सम्हाल्नुपरेको नगर प्रमुख दिपक कुमार थेवेले बताए । बिषयगत कार्यालयहरु मध्ये साविक दानाबारीमा रहेको कृषि र पशुका कर्मचारीहरु माइ नगरपालिका कार्य क्षेत्र तोकेर राखिएको छ भने शिक्षा, मालपोत, वन लगायतका कर्मचारी अझै पुग्न सकेका छैन्न ।
शिक्षकहरुको बजेट गाँउमा गएपनि कर्मचारी गाँउ नपुग्दा दसैँको तवल वितरणमा समस्या हुने देखिएको छ । प्रायः सचिवले दुई देखी तिन वटा वार्ड हेर्नु पर्ने अवस्था छ । नीति, बजेट तथा कार्यक्रम बनाउने बेला गाँउमा विषयगत कार्यालयको उपस्थीति न्युन छ । जनतालाई सुविधा दिनलाई कठिनाई भईसक्यो । नगरपालिकाले पाएका अधिकार कार्यान्वयन गर्नका लागि सवै निकायको उपस्थती हुनु पर्ने हो भएको छैन नगर प्रमुख थेवेले भने
जनताको बढि उपस्थिती हुने मालपोत कार्यालयको गाँउ जाने कुनै सुरसार देखिएको छैन । कर्मचारी अभाव भएपछि वार्ड कार्यालय र नगरपालिकाको केही शाखाको कार्यभार सम्हाल्नुपरेको माइ नगरपालिका–४ का सचिव चन्द्र पौडेलले बताए ।
चुलाचुली, रोङ, माङसेवुङ, सन्दकपुर, माइजोगमाइ, फाकफोकथुम गाँउपालिकाको पनि उस्तै समस्या छ । दुर्गममा विषयगत कार्यालयका कर्मचारी पुगेका छैन । प्रशासनिक, सेवा, सिफारीस लगायतका काम प्रभावित छन् । विकासे अड्डाले दिने सेवा सुरु हुनै सकेको छैन । पर्याप्त कर्मचारी, ऐन तथा अधिकार नवन्दा काम गर्न कठिनाइ भएको जनप्रतिनिधीहरुको गुनासो छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार