Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

आर्थिक अभावले उपचारमा समस्या

आर्थिक अभावले उपचारमा समस्या

  • शान्तिराम बस्नेत
  • बुधबार, असोज ४ २०७४


आर्थिक अभावले उपचारमा समस्या

शिवसताक्षी । झापाको शिवसताक्षीका एक बिरामी युवा आर्थिक अभावले उपचारमा समस्या भएको छ । शिवसताक्षी ११ स्थित दूधे सृष्टि टोलका स्थानीय २१ वर्षीय सानु सुब्बा (बुदुङ्गे) लाई आर्थिक अभावमा उपचारमा समस्या भएको हो ।
गत शनिबार देखि निमोनीय भएपछि उनको अहिले बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । सम्पत्तिका नाममा ऐलानी ४ धुर जग्गा भएका उनलाई सातादिन अघि रुघा खोकी लागेको थियो । बिरामी भएपनि उपचार गर्ने पैसा नभएपछि उनी घरमै बसेको स्थानीयले बताएका छन् । उनी उपचार नगरी घरमा लुकेर बसेको स्थानीयले थाहा पाएपछि उनलाई तत्काल उपचारकालागि लाइफलाइन अस्पताल दमक लगेका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि स्थानीयको सहयोगमा बिर्तासिटी अस्पताल लगिएको स्थानीय मदन राईले जानकारी दिए । उनको अहिले उक्त अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको उनले बताए । उनले भने, ‘उपचार त ऋण तथा सहयोग उठाएर भइरहेको छ, तर अब अस्पतालबाट निकाल्न पैसा छैन, हामी सबैसंग सहयोग माग्दै हिडेका छौँ ।’ अस्पतालका अनुसार उनी निमोनियाबाट ग्रसित छन् ।
बाबुको समेत ७ वर्ष अघिनै मृत्यु भएको थियो । आमा र दाजु पनि सुस्त मनस्थिति भएको उनले बताए । राईले भने, ‘घरको आर्थिक अवस्था पनि अत्तिनै दयनीय छ, उसले नै मजदुरी गरेर परिवार चलाउँदै आएको रहेछ ।’ गाँउलेहरुबाट ऋण तथा सहयोग गरी तत्कालका लागि ५५ हजार रुपैंया उठाएर अस्पताल लगिएको उनले बताए । उनले भने, ‘पहिला त सहयोग र ऋण उठाएर लग्यौँ, अब कति लाग्ने हो, थाहा छैन, कसरी यहाँबाट निकाल्ने हो, त्यसका लागि सबैसंग सहयोगको अपिल गरिरहेका छौँ ।’
उनलाई सहयोग गर्न चाहानेले सानुको उपचार का अभियन्ता मदन राई (९८१४०७५७५५) लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार