Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बाढी, पहिरोमा परी १११ को मृत्यु, ३५ बेपत्ता

बाढी, पहिरोमा परी १११ को मृत्यु, ३५ बेपत्ता

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन ३१ २०७४


बाढी, पहिरोमा परी १११ को मृत्यु, ३५ बेपत्ता

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई  मधेसका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा उनले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताए ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख र घर मर्मत गर्न दश हजार रुपैयाँ वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गरे ।सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ, उनले भने ।

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार