Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाम जिससमा एमालेको पुरै प्यानल

इलाम जिससमा एमालेको पुरै प्यानल

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन ३० २०७४


इलाम जिससमा एमालेको पुरै प्यानल

इलाम । इलाममा नेकपा एमालेको पुरै प्यानल बिजयी भएको छ । जिल्ला समन्वय समितिको अध्यक्षमा नेकपा एमालेका नेता गणेश बराल अध्यक्षमा बिजयी भएका हुन् । यसैगरि उपाध्यक्षमा सूर्योदय नगरपालिका निवासी एमालेकै नेतृ चित्रकला बराइली चयन भएकी छन् ।  यस्तै सदस्यमा रोङ्ग गाउँपालिकामा  निर्वाचित चन्द्र मगर, माई नगरपालिका क्षेत्रका रत्न अधिकारी, माङसेबुङ्ग गाउँपालिका क्षेत्रका पूर्ण बस्नेत, इलाम नगरपालिका क्षेत्रबाट निरुमाया राई चयन भएकी हुन् ।

यसैगरि देउमाई नगरपालिकाबाट उमाकान्त विश्वकर्मा र चुलाचुली गाउँपालिकाबाट हेमकला बस्नेत निर्वाचित भएका हुन् । स्थानीय तहको निर्वाचनमा इलामका १० वटा तहमध्ये ७ वटा तहमा अध्यक्ष उपाध्यक्ष र दुई तह उपाध्यक्ष  नेकपा एमालेका उमेद्धवार बिजयी भएका थिए । नेपाली काग्रेसले एक तहमा अध्यक्ष, उपाध्यक्ष र दुई तहमा अध्यक्ष बिजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार