Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

महान्यायाधीवक्ता रमण श्रेष्ठद्वारा यी नयाँ काम गरेपछि राजीनामा दिए

महान्यायाधीवक्ता रमण श्रेष्ठद्वारा यी नयाँ काम गरेपछि राजीनामा दिए

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन २९ २०७४


महान्यायाधीवक्ता रमण श्रेष्ठद्वारा यी नयाँ काम गरेपछि राजीनामा दिए

इलाम । महान्यायाधीवक्ता रमन श्रेष्ठले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएको बताए ।

राजीनामा दिएपछि श्रेष्ठले  भने, प्रधानमन्त्रीकै आग्रह र सल्लाहले राजीनामा पत्र बुझाउन ढिला गरेर उहाँलाई सहयोग गरेको हुँ ।

उनले आफूलाई नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि समेत अर्को प्रधानमन्त्रीको कानुनी सल्लाकार बनेर नयाँ नजीर स्थापना गरेका छन् । उनको पालामा सरकारी वकिलहरुको क्षमता विकास, मुद्दा अभियोजन व्यवस्थित बनाउने तयारी, प्रहरी र सरकारी वकिलबीच समन्वयकारी संयन्त्र निर्माणको काम भएका थिए ।

त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिलहरु नपरेको भन्दै उनले इजलाश बहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रस्ताव अघि बढाउन सक्रिय भूमिका खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार