Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, १७ घाइते, ३६ बेपत्ता

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, १७ घाइते, ३६ बेपत्ता

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन २९ २०७४


बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, १७ घाइते, ३६ बेपत्ता

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो, बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ घाइते, ३६ जना वेपत्ता छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । आइतबार दिउँसो सवा १ बजेको तथ्यांकअनुसार १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् भने ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयले तथ्यांक उपलब्ध गराएको छ । हजारौं परिवार विस्थापित भएका छन् ।

सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४ को मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो र बाढीका कारण ४७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार आइतबार बिहान पौने ११ बजेसम्ममा देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएका छन् । त्यस्तै ३ हजार ५ सय ६१ परिवार विस्थापित भएका छन् । सुनसरी र रौतहटमा ८/८ जनाको जनाको ज्यान गएको छ भने मोरङमा ५, सिन्धुलीमा ४ को मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तराईका सहरहरु डुवानमा परेका छन् भने पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा पुल धसिने, भाँचिएकाले बाटो अवरुद्ध भएको छ ।

पूर्वमा पानी पर्न छाड्यो, डुवान कायमै

विराटनगरलगायतका पूर्वमा पानी पर्न कम भएको छ । यद्यपी डुवान कायमै छ । दिउसो करिव ११ बजेदेखि पानी पर्न रोकिएको हो ।
डुवान कायमै रहेकोले स्कूल, सरकारी तथा नीजि कार्यालयहरु र कलकारखानाहरु बन्दै रहेको छ ।

उद्योगहरुको मेसिन, उत्पादन भएर राखेका सामान तथा स्टोरहरुसमेत डुवानमा परेकोले धेरै क्षती भएको अनुमान लगाएइपनि एकिन हुन सक्ने अवस्था छैन ।
मानिसहरु अझै पनि छतमा वा माथिल्लो तलामा बस्ने वा डुवानमा नपरेका स्थानका आफन्तहरु कहाँ शरण लिइरहेका छन् । दिउँसो तीन बजेका लागि जिल्ला प्रशासन कार्यालयले दलहरु, नागरिक समाज तथा उद्योगी व्यवसायीहरुसमेत सम्मिलित आपतकालिन बैठक बोलाएको छ ।
पानी पर्न छाडेपछि विस्तारै पानीको सहत घट्ना थालेको छ । बिस्तारै राहत संकलन तथा वितरणको काम सुरु हुन लागेको छ ।
गर्भवतीसहित छ को मृत्यु

चितवनबाट शिव पुरीका अनुसार रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा आइतबार बिहान गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका पनि छन् ।

परोरा-३ का चन्दनकिशोर यादवकी श्रीमती २७ वर्षीया शर्मिला यादवको सुत्केरी गराउन बिहान राजपुर फरहदवास्थित स्वास्थ्य चौकी ल्याउँदै गर्दा सडकमा उनीहरु सवार गाडी डुबानमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दन, उनका गर्भवती श्रीमती शर्मिला, ३ वर्षीया छोरी छोटीकुमार यादव, आमा ५४ वर्षीया सुनिता यादव, काकी ३८ वर्षीया ललिता यादव र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनायो । सुनितालाई सुत्केरी व्यथा लागेपछि बिएच२६एवाई १९३९ नम्बरको भारतीय टाटा सफारी जिपमा स्वास्थ्य चौकी ल्याउँदै गर्दा राजपुर ३ स्थित बाटोमा डुबानमा परेको हो ।

मकवानपुरमा एकको मृत्यु, ७ बेपत्ता

मकवानपुरबाट प्रताप विष्टका अनुसार बकैया गाउँपालिकाको मन्थलीमा शनिबार राति गएको पहिरोमा एक जना बालकको मृत्यु भएको छ । मंगलसेन न्यासुरको परिवारका सात जना बेपत्ता भएका छन् । मृत्यु भएका बालक पनि न्यासुरकै परिवारका हुन् । बकैयाकै बुंगे खोलाले बगाएर ४० वर्षीय वीरबहादुर मोक्तानको मृत्यु भएको छ ।

हेटौंडा ४ र ५ नम्बर वडा डुबानमा परेका छन् । कुलेखानी–फाखेलसहितका छोटो दूरीका बाटो अबरुद्ध भएको छ । मनहरी गाउँपालिका खोला पसेर स्थानीयको बिल्लीबाठ भएको छ । प्रहरीले उद्दार कार्य जारी राखेको छ ।

बीरगञ्जमा पानी बाढी पस्यो

वीरगन्ज महानगरपालिका भएर बग्ने सिरिसिया खोलाको बहाव उच्च भएपछि पानी वस्तीमा प्रवेश गरेको छ । वीरगन्जको रानीघाट, राधेमाई, छपकैया, अलौं, रामगढवा लगायतका क्षेत्रमा बाढीको पानीले जलमग्न गरेको छ । ढलको निकास नहुदा आदर्शनगर, कवि शिरोमणी टोल, नगवा, भिस्वा लगायतका क्षेत्रपनि जलमग्न छन् । यसै गरि पर्साको ग्रामीण भेगका तिलावे, ओरिया , भोडाहा खोलामा आएको बाढीले करिब दर्जन गाउँमा पानी प्रबेश गरेको छ ।

पूर्वी कैलाली पुरै डुवानमा

पूर्वी कैलालीको टीकापुर, भजनी, लम्कीचुह र घोडाघडी नगरपालिका पुरै डुवानमा परेको छ । त्यसैगरी जानकी र जोशीपुर गाउँपालिका पनि डुवानमा परेका छन् । मानिसहरु अग्लो घर र अग्लो ठाउँमा सुरक्षित हुन भौतारिइरहेका रहेका छन् । टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरीहरु कार्यालय डुवानमा परेपछि डुंगामा चढेर बाटोमा आएका छन् । दिउँसोसम्म खाना खान नपाएका उनीहरुको लागि होटलमा खाना अर्डर गरेका छन् । पृथ्वी राजमार्गको आँबुखैरेनीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार झरी परेकोले उक्त पहिरो खसेको हो । पहिरोसँगै रुख पनि ढलेकोले राजमार्गमा सवारीको लामो लाईन लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार