Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कनकाई माईको बाढीले सीमा नाघ्याे

कनकाई माईको बाढीले सीमा नाघ्याे

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन २८ २०७४


कनकाई माईको बाढीले सीमा नाघ्याे

इलाम । इलामको कनकाई माईको बाढीले सीमा नाघेको छ। लगातारको वर्षाका कारण बाढीले ५ मिटरको सीमा नाघेको हो। झापा रेडक्रसका सभापति लोकराज ढकालका अनुसार बाढीको सीमा ३ मिटरसम्म सामान्य ३ भन्दामाथि जोखिम र ५ भन्दामाथि उच्च जोखिम मानिन्छ। अहिले बाढीको सीमा ५ भन्दामाथि भएकाले इलाम र झापा जिल्ला बाढीको उच्च जोखिममा परेका छन्।

खहरे खोलाकै कारण पनि हाल इलामका विभिन्न क्षेत्र डुवानमा परेका छन्। बाढीले खतराको संकेत गर्नासाथ प्रभावित क्षेत्रका स्थानीयहरुको मोबाइलमा खतराको म्यासेज आउने जनाइएको थियो। तर, अहिले प्रभावित क्षेत्रमा विद्युत् अवरुद्ध भएकोले कोही कसैको मोबाइलमा कुनै म्यासेज नआएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार