Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गोर्खाल्याण्ड आन्दोलनकारी भन्दै नेपाली पक्राउ (भिडियाे सहित)

गोर्खाल्याण्ड आन्दोलनकारी भन्दै नेपाली पक्राउ (भिडियाे सहित)

  • लोकल सन्देश
  • बुधबार, साउन २५ २०७४


गोर्खाल्याण्ड आन्दोलनकारी भन्दै नेपाली पक्राउ (भिडियाे सहित)

इलाम,  भारतीय प्रहरीले गोर्खाल्याण्डको आन्दोलनकारी भन्दै एक नेपालीलाई पक्राउ गरेको छ । आमाको उपचार गर्न सिलगढी गएका सुर्योदय नगरपालिका–१० फिक्कलका २७ बर्षिय उदय फागोलाई भारतिय प्रहरीले पक्राउ गरेको हो ।

दार्जिलिङको सुकुनामा भएको गोर्खाल्याण्ड मागकर्ता आन्दोलनकारी र पुलिसविच भएको दोहोरो मुठभेडको विषयलाई लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले उनलाई पक्राउ गरेको हो । सुकुना झडपको एक आन्दोलनकारीसँग अनुहार मिलेको भन्दै पक्राउ गरेको उनका आफन्त मिलन फागोले जानकारी दिए । उनीसँगै गोर्खा जनमुक्ति मोर्चाका एक नितिस क्षेत्री समेत पक्राउ परेका छन ।

दुवैलाई मङ्गलबार सिलगढी जिल्ला न्यायालयमा पेश गरेर बङ्गाल प्रहरीले रिमाण्ड मागेको छ । बङ्गाल सरकारले सुकुना भएको मुठभेडलाई सुकुना काण्डको नाम दिदै आएको छ । सुकुना काण्डमा आन्दोलकारीले खुकुरी जुलुस निकालेका थिए । सो झडपमा पुलिस र आन्दोलनकारी घाइते भएका थिए फागोलाई भारतीय दण्ड विधानको अनुसार ५ वटा मुद्धा दर्ता गरेको छ । उनलाई हतियार प्रयोग गरेर सरकारी काममा अवरोध र्पुयाएको, सरकारी सम्पती नष्ट गरेको लगायतका मुद्धा लगाइएको भारतीयसञ्चार माध्यमले जनाएका छन् ।

फागोका काका रमेश फागोले न्यायका लागि पहल गरिदिन आव्हान गरेका छन् । नेपालबाट जाने युवाहरुले भारतिय प्रहरीले निगरानी सुरु गरेको छ ।

uday 2

भिडियाे सहित

प्रतिक्रिया
सम्बन्धित समाचार