Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकार महासंघको नेतृत्वमा प्रेस सेन्टरको दाबी, अध्यक्षमा गोविन्द आचार्यलाई अघि सार्ने निर्णय

पत्रकार महासंघको नेतृत्वमा प्रेस सेन्टरको दाबी, अध्यक्षमा गोविन्द आचार्यलाई अघि सार्ने निर्णय

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २३ २०७४


पत्रकार महासंघको नेतृत्वमा प्रेस सेन्टरको दाबी, अध्यक्षमा गोविन्द आचार्यलाई अघि सार्ने निर्णय

 काठमाडौंः नेपाल पत्रकार महासंघको २१ औं महाधिवेशनका लागि प्रेस सेन्टर नेपालले वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यलाई अध्यक्ष पदमा उम्मेदवार चयन गरेको छ। आइतबार बसेको उम्मेदवार छनोट समितिको बैठकले प्रेस सेन्टरका तर्फबाट आचार्यलाई अध्यक्षको उम्मेदवार चयन गरेको उपाध्यक्ष ओम शर्माले जानकारी दिए।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल नेतृत्वमा रहेको छनोट समितिले आचार्यलाई उम्मेदवार चयन गरेको हो। आचार्यले भने समितिले सिफारिसमात्र गरेकोले सांगठनिक काम बाँकी रहेको प्रतिक्रिया दिए।

तालमेलको प्रयास 

आसन्न महाधिवेशनका लागि पत्रकारहरूका बलिया तीन संगठन प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल र प्रेस सेन्टर नेपालबीच चुनावी तालमेलको प्रयास पनि भइरहेको छ। सेन्टरका अध्यक्ष दाहालले सबै संगठनसँग छलफल चलिरहेको तर निष्कर्षमा पुगिनसकेको बताए। प्रेस युनियन कांग्रेस निकट पत्रकारको संगठन हो भने प्रेस सेन्टर माओवादी केन्द्र निकट पत्रकारको संगठन हो

नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल महासंघको राजनीतिमा उत्तिकै बलियो संगठन हो। आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुने महासंघको २५ औं महाधिवेशनमा चुनावी तालमेल भएमा यिनै तीनवटा संगठनबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित छ।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरद्दज्ञद्दघद्ध

प्रतिक्रिया
सम्बन्धित समाचार