Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ट्राफिक प्रहरीद्वारा ५३ लाख राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा ५३ लाख राजस्व संकलन

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १९ २०७४


ट्राफिक प्रहरीद्वारा ५३ लाख राजस्व संकलन

इलाम, । आर्थिक वर्ष ०७३÷७४ मा सवारी नियम पालना नगर्ने सवारी साधनलाई कारवाही बापत जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले ५३ लाख ८२ हजार पाँच सय रुपैया“ राजस्व संकलन गरेको छ ।
नियम पालना नगर्ने ९ हजार ६ सय ५५ सवारी साधन कारवाहीमा परेका हुन । गत आर्थिक बर्षमा संकलन गरिएको राजस्व अहिलेसम्मकै सबैभन्दा बढी हो ।

अघिल्लो आव भन्दा दुई लाख १२ हजार एक सय ५० रुपैया“ बढी राजस्व संकलन भएको हो । आर्थिक बर्ष ०७२÷७३ मा सवारी नियम पालना नगर्ने १५ हजार छ सय २८ सवारी साधन कारवाहीबाट ५१ लाख ७० हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन गरेका थियो ।
आव ०७१÷७२ मा १३ हजार पा“च सय ६३ सवारी साधन कारवाही बापत ४३ लाख ३१ हजार तीन सय ५० रुपैया“ राजस्व संकलन गरेको छ । त्यसअघिका वर्षहरुमा ०७०÷७१ मा २४ लाख ४२ हजार पा“च सय, ०६९÷७० मा १२ लाख ४६ हजार ५० र ०६८÷६९ सात लाख ३१ हजार तीन सय ५० रुपैया“ मात्र राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरीको तथ्याङक छ ।

ट्राफिक नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाईकललाई कारबाही गरेर १९ लाख १३ हजार रुपैया“ राजस्व संकलन भएको छ । ३ हजार २ सय १२ वटा मोटरसाईकललाई कारवाही गरी सो परिमाणको राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै सवारी नियम पालना नगर्ने २ सय ९० वटा बसबाट १ लाख ७१ हजार, १ हजार ९ सय ८४ ट्रकबाट ११ लाख ७ हजार ५ सय, ३ हजार ३ सय ६६ वटा जीप, कार र भेनबाट १७ लाख ६४ हजार र ८ सय ३ वटा ट्याक्टरलाई कावाही गरी चार लाख २७ हजार रुपैया“ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारीे चाप बढ्नका साथै ट्राफिक गतिविधि व्यापक बनाईएकाले बढी सवारी कारवाहीमा परी राजस्व बढेको ट्राफिक प्रहरीको भनाई छ । पछिल्लो समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गर्न थालेपछि पनि राजस्व संकलनमा थप वृद्धि भएको हो ।

मादक पर्दाथ सेवनमा कमी
यस्तै मादकपदार्थ सेवन गरेर सवारी चलाउनेको संख्यामा पनि कमी आएको छ । मापसे गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा ८८ जनाले कमी आएको छ । आव ०७२÷७३ मा ३ सय ७७ जनाले मापसे गरी सवारी चलाएकोमा ०७३÷७४ मा २ सय ८९ जनाले मात्र मादक पर्दाथ सेवन गरी सवारी चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

प्रहरीले मापसे गरी सवारी चलाएमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) मा प्लाव पार्नुका साथै एक हजार रुपैया“का दरले अनिवार्य जरिवाना असुल गर्दै आएको छ । आव ०७३÷७४ मा मापसे गरी सवारी सञ्चालन गरेका २ सय १५ जनाको लाईसेन्समा प्वाल पार्नुका साथै जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले ट्राफिक प्रहरीले जिल्लाको किटेनी, हर्कटे, फिक्कल, पशुपतिनगर, तीनघरे, गोलाखर्क, दानाबारी, मंगलबारे र रक्से लगायत १२ स्थानमा चेकपोष्ट राखी नियम विपरीतका सवारी साधनहरुलाई कारवाही गरी राजस्व संकलन गर्ने गरेको छ ।

ज्यान गुमाउनेको संख्या घटेपनि सवारी दुर्घटनामा कमी आएन
सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या घटेपनि सवारी साधन दुर्घटनाको संख्यामा भने कमी आउन सकेको छैन । गत आर्थिक बर्षमा ४६ वटा सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउने मध्ये ३ पुरुष, २ महिला र ३ बालिका रहेका छन् ।

अघिल्लो आव ०७२÷७३ मा ३२ वटा विभिन्न सवारी साधन दुर्घटनामा ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको थियो । सवारी दुर्घटना बढ्नुको कारण विगतको भन्दा सवारी साधनको संख्यामा वृद्धि हुनु, साँघुरो बाटो हुनु र गुणस्तरीय बाटोको अभाव मुख्य कारण रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार