Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

धनकुटा देशकै सफा शहर, इलाम दोस्रो स्थानमा

धनकुटा देशकै सफा शहर, इलाम दोस्रो स्थानमा

  • नमीन ढकाल
  • मंगलबार, साउन १७ २०७४


धनकुटा देशकै सफा शहर, इलाम दोस्रो स्थानमा

 इलाम ।  सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ। त्यस्तै इलामले दोस्रो सफा शहर र हेटौंडाले तेस्रो सफा शहरका रुपमा पुरस्कार हात पारे। प्रथम हुने धनकुटाले १० लाख, इलामले ७ लाख र हेटाैडाले ४ लाख नगद प्राप्त गरे ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २ सय ६३ नगरपालिकाहरुमध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रुपमा पुरस्कृत गरेको हो। आर्थिक २०७३÷७४ को वार्षिक कार्यक्रम अनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पुर्‍‍याउने उत्कृष्ट तीन वटा नगरपालिकाहरुलाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको हो। मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा आयोजित एक विशेष समारोहबीच उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ३ सफा शहरलाई पुरस्कार तथा सम्मान प्रदान गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए।

इलाम नगरपालिका २०६९ सालमा ५८ नगरपालिकाहरुमध्ये दोस्रो सफा शहर र २०७२ सालमा २ सय १७ नगरपालिकामध्ये तेस्रो सफा शहरका रुपमा पुरस्कृत भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार