Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगर कार्यपालिकाको कार्यविभाजन देखी सडक ऐन पालना गराउने सम्मको निर्णय

इलाम नगर कार्यपालिकाको कार्यविभाजन देखी सडक ऐन पालना गराउने सम्मको निर्णय

  • लोकल सन्देश
  • शुक्रबार, साउन ६ २०७४


इलाम नगर कार्यपालिकाको कार्यविभाजन देखी सडक ऐन पालना गराउने सम्मको निर्णय

नमीन ढकाल
इलाम,  । इलाम नगरपालिकाको साउन ५ गतेको बैठकले नगर नियमावली, बैठक संचालन कार्यविधी स्विकृत र कार्यविभाजन गरेको छ । कार्यपालिकाको बैठकले नेपालको संविधान २०७२ को भाग १७ को धारा २१६ बमोजिम नगर नियमावली २०७४, कार्यविभाजन २०७४ र बैठक संचालन कार्यविधी २०७४ लगायतको निर्णयहरु स्विकृत गरेको छ ।

प्रसुती स्याहार खर्च सम्वन्धी प्रतिवेदनका लागी नगर उपप्रमुख शुसिला नेम्वाङको संयोजकत्वमा ३ सदस्यीय समिती गठन गरेको छ । सो समितीले आगामी ७ दिन भित्र प्रतिवेदन दिने छ । श्याम कृष्ण घिमिरेको संयोजकत्वमा ३ सदस्यीय मजदुर विमा व्यवस्था समिती गठन गरेको छ । सो समितीले १० दिनभित्र इलाम नगरपालिका रहेका मजदुरहरुको सम्वन्धमा प्रतिवेदन प्रस्तुत गर्नेछ । नगरपालिकाभित्र हुने निर्माण कार्यमा प्रयोग हुने मजदुहरुको निर्माण समयमा सम्वन्धीत घरधनीसँगको सहकार्यमा विमा गरिनेछ ।

त्यसै गरी २०७२ चैत्र मसान्तअघि नगरपालिकाभित्र स्थायी बसोवास गर्ने घरवार विहिन दलितहरुको पुर्नस्थापनाका लागी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी ठाकुर नारायण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ । नगर कार्यपालिकाको मासिक बैठक हरेक महिनाको ५ गते बस्नेछ । सो दिन विदा परे भोली पल्ट बस्ने निर्णय गरिएको छ । नगर कार्यपालिकाको काम,कर्तव्यमा सुशासन कायम गर्न ठाकुर नारायण श्रेष्ठलाई प्रवक्ता तोकिएको छ ।

नगर सभाले निर्णय नगरुन्जेलसम्म इलाम नगरपालिकामा गाभिएका साविकका गाविसहरुको तोके बमोजिमको करको दररेट कायम रहने भएको छ । नगरभित्रका जग्गा प्लटिङ गर्नुपरेमा व्यवसायिक योजना बनाएर नगरपालिकाबाट स्विकृत गरेरमात्र गर्न पाइने भएको छ ।
त्यस्तै सार्वजनिक सडक ऐन २०३१ लाई मिचेर बनाइएका मेची राजमार्ग क्षेत्रका अवैध भौतिक संरचना हटाउन सडक डिभिजन कार्यालयलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार