Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

एउटा बिषयको परिक्षा लेख्न गएका विद्यार्थीलार्इ अर्कै बिषयको प्रश्नपत्र परेपछि…..

एउटा बिषयको परिक्षा लेख्न गएका विद्यार्थीलार्इ अर्कै बिषयको प्रश्नपत्र परेपछि…..

  • नमीन ढकाल
  • बिहिबार, साउन ५ २०७४


एउटा बिषयको परिक्षा लेख्न गएका विद्यार्थीलार्इ अर्कै बिषयको प्रश्नपत्र परेपछि…..

इलाम,  साउन ३ गते (मंगलबार) महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा स्नातक तह शिक्षाशास्त्र अन्र्तगतको दोश्रो बर्षको इन्टरनेशनल पोलिटिक्स बिषयको परिक्षा लेख्न गएका विद्यार्थीहरुको हातमा पोलिटिक्स अफ नेपालको प्रश्नपत्र परेपछि नपढेको बिषयको प्रश्नपत्र आएको भन्दै ६८ जना विद्यार्थी परिक्षा हलबाट बाहिरिए ।

परिक्षार्थीहरुको समस्यालाई ध्यान राखेर बुधवारको परिक्षा स्थगन गरिएको क्याम्पस प्रशासनले बतायो तर त्रिभुवन विश्वविद्यालयले भने यस बिषयमा आफनो धारणा सार्वजनिक गरेको छैन । यस्तो समस्या इलाम बाहेक अन्य जिल्लामा देखिएन ।

क्याम्पस प्रशासन भन्छ ‘त्रिभुवन विश्वविद्यालयको चरम लापरवाही’

क्याम्पस प्रशासन भने त्रिभुवन विश्व बिद्यालयको लापरवाहीका कारण यस्तो हुन गएको तर्क राख्छ । शैक्षिक सत्र शुरु हुनु अघि नै पाठयक्रम तयार गरेर लागु हुनुपर्ने भएपनि त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्रको मध्यमा कोष परिर्वतन गर्नाले विद्यार्थीहरुको भविष्यमाथी खेलवाड भएको क्याम्पस प्रशासनको आरोप छ ।

निमित क्याम्पस प्रमुख धनबहादुर न्यौपानेले भन्छन ‘विश्व विद्यालयले ४ बर्षे शिक्षाशास्त्र स्नातक दोश्रो बर्षको पाठयक्रमको दोश्रो पटकको संसोधनको पत्र क्याम्पसमा आएकोमा इन्टरनेशनल पोलिटिक्स कोड नं ४२८ भन्ने आएकाले सोही अनुसार अध्यापन गराइ विद्यार्थीहरुलाई परिक्षमा सामेल गराइएको हो । परिक्षामा पोलिटिक्स अफ नेपालको प्रश्नपत्र आएपछि डिन कार्यालयसंग सम्र्पक गरेर परिक्षा रोक्न लगाइएको छ । यस बिषयमा डिन कार्यालयमा गएर समाधान गरिनेछ । ’

विद्यार्थी भन्छन ‘ संगठनका नेताहरू चुनावकाे बेलामात्र देखा परे । समस्यामा साथ दिएनन् ’

विद्यार्थीहरु क्याम्पस प्रशासन जिम्मेबार नहुँदा यस्तो समस्या भोग्नु परेको बताउँछन । परिक्षार्थी सरोज लिम्बुले भने ‘१ बर्षसम्म एउटा बिषय पढियो अर्को बिषयको प्रश्नपत्र आएकाले हामीले परिक्षा हल छाडेका हौ । जुन बिषय अध्यापन गराइएको छ सोही बिषयको प्रश्नपत्र आए मात्र अर्को पटक हुने परिक्षामा सामेल हुन्छौ । अन्यथा जस्तो सुकै परिस्थिती आएपनि डटेर सामना गर्नेछौ । विद्यार्थीको भविष्यको सवालमा क्याम्पस प्रशासन समेत गम्भिर बन्न सकेको छैन ।’

यता विद्यार्थी संगठनहरु भने यस विषयमा अझ सम्म अनविज्ञ छन । अर्का परिक्षार्थी विनु खडकाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको आरोप लगाए । उनले भने ‘ हामीले इन्टरनेशल पोलिटिक्स बिषय पढयौ । यहाँबाट फर्म भरेर पठाँउदा पनि त्रिविले पनि स्विकृत गरेर पठाएको तर परिक्षापत्र भने फरक आयो । पढदै नपढेको बिषयको प्रश्नपत्र आएपछि परिक्षा हलबाट बाहिरिएको हो । विद्यार्थी संगठनहरु पनि चुनावको बेलामात्र देखा परे । समस्या परेको बेला कुनै संगठनका नेताहरुले विद्यार्थीहरुलाई साथ दिएनन् ।

त्रिभुवन विश्वविद्यालयबाट कोर्ष परिवर्तन भएको पत्र अहिले सम्म पनि नआएको क्याम्पस प्रशसनले जनाएको छ । विद्यार्थीहरुले एउटा विषयको वर्ष भरि तयारी गरेर हल भित्र अर्को विषयको परिक्षा लेख्न सक्ने अवस्था पनि नरहेको उपप्राध्यापक श्याम फुयँल वताउँछन् । उनी भन्छन् ‘पहिले २ पटक सम्म कोर्ष परिर्वन ग¥यो फेरी शैक्षिक सत्र शुरुभएको ३ महिना पछि कोर्ष परिर्वतन गरेर जानकारी पत्र क्याम्पसमा त्रिभुवन विश्व विद्यालयले नपठाउँदा यो समस्या आएको हो । अघिल्लो बर्ष पनि स्नातक प्रथम बर्षको देशभर अर्थशास्त्रको परिक्षामा त्रिविबाट यस्तै गल्ती भएको थियो । ’

त्रिभुवन विश्वविद्यालयले परिर्वतन गरेको पाठयक्रम अन्र्तगतको कितावहरु बजारमा अझसम्म नआएको फुयँलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार