Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाम र झापाको माैसमकाे जानकारी अव, मोवाईल र इन्टरनेटमा

इलाम र झापाको माैसमकाे जानकारी अव, मोवाईल र इन्टरनेटमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार ३० २०७४


इलाम र झापाको माैसमकाे जानकारी अव, मोवाईल र इन्टरनेटमा

इलाम,  पुर्व सूचना प्रणाली अन्तर्गत इलामबाट झापा जाने नदिमा पानीको बहाव मापन प्रभावित क्षेत्रका बासिन्दा र सुरक्षा निकायलाई मोवाइल तथा इन्टरनेट मार्फत जानकारी गराउन थालिएको छ ।
नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई मोवाइलमा हावा पानीको मात्राको जानकारी एसएमएस मार्फत जानकारी गराइनेछ । इलामका ६ स्थानमा हावा पानी मापन केन्द्र तथा इलाम–झापाको सिमाना मैनाचुलीमा जल मापन केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालले जानकारी दिए । मापन केन्द्र स्थापनाका लागी प्रत्येक ठाउँमा २५ देखी ३० लाख सम्म खर्च भएको जनाइएको छ । बाढीबाट गतवर्ष झापामा एक हजार चार सय पैँसठ्ठी परिवार विस्थापित भएका थिए । १२ जनाको मृत्युु हुनुका साथै तीन जना अझै बेपत्ता छन ।

इलामको कन्याम, सोक्तिम, माइपोखरी, राँके, इलाम बजार र जितपुरमा हावापानी मापन केन्द्र राखिएको छ भने इलाम–झापा सिमानाको मैनाचुलीमा जलमापन केन्द्र राखिएको छ । कन्काइ माइमा जलको मात्रा बढने वितिकै प्रभावित क्षेत्रका बासिन्दाहरुलाई मोवाइलमा स्वत ः एसएमएस जाने ढकालले बताए । कन्काइमा पानीको मात्रा ३.७ मिटर हुँदा चेतावनीको संकेत दिइन्छ भने ४.२ मिटर हुँदा खतराको संकेत स्वरुप साइन र माइकिङ गरिन्छ ।

बाढी पहिरोबाट बच्न र आउन सक्ने खतराका विषयमा जानकारी गराउन सक्ने पुर्व सूचना प्रणालीका विषयमा शुक्रबार इलामका सञ्चारकर्मीहरु लाई जानकारी गराइएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको आयोजना, इलाम रेडक्रसको समन्वयमा भएको विपत जोखिम न्युुनिकरणमा सञ्चारमाध्यमको भुमिका विषयक गोष्ठिमा इलामका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
गोष्ठिलाई रेडक्रस झापा सभापती लोकराज ढकाल, इलाम सभापती देवी गौतम, परियोजना वरिष्ठ संयोजक राकेशकुमार शाह र संयोजक शशिशरण खड्काले सहजीकरण गरेका थिए ।

इलामकाे मौसमको जानकारीको लागी  लिङकमाः /http://hydrology.gov.np/display/

प्रतिक्रिया
सम्बन्धित समाचार