Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

घरेलु तथा साना उद्योग विकास समितिको काम अब उद्योग विकास शाखाबाट

घरेलु तथा साना उद्योग विकास समितिको काम अब उद्योग विकास शाखाबाट

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार २९ २०७४


घरेलु तथा साना उद्योग विकास समितिको काम अब उद्योग विकास शाखाबाट

इलाम । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामको नाम परिवर्तन गरिएको छ । नेपाल सरकार उद्योग मन्त्रालयको निर्णय अनुसार घरेलु तथा साना उद्योग विकास समितिको नाम इलाम नगरपालिका उद्योग विकास शाखा नामाकरण गरिएको हो ।

उद्योग विकास शाखा नामाकरण गरिएको बोर्डको इलाम नगरपालिका  इलामका मेयर महेश बस्नेतले उद्घाटन गरेका थिए । उद्योग

विकास शाखाको कार्यालय हाल इलाम नगरपालिका क्षेत्रमै राखिने भएपनि इलामका १० वटै तहको समन्वयमा काम गर्ने कार्यलय प्रमुख नविनकुमार पौडेलले बताए ।

इलामका सबै स्थानीय तहमा उद्योग विकास शाखा स्थापना नहुन्जेलसम्मका लागि इलाम नगरपालिका क्षेत्रको उद्योग विकास शाखाबाटै सबै काम हुने उनले बताए । यसैगरि इलाम नगरपालिका उद्योग विकास शाखा कार्यालयले नव निर्वाचित मेयर महेस बस्नेतलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिएको छ ।

कार्यलय प्रमुख नविनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा  इलाम नगरपालिकाका मेयर महेस बस्नेतले राज्यको पुनःसंरचना अनुसार सरकारी कार्यालयहरुको कार्यक्षेत्र परिवर्तन भएर आएपछि जनताले घरदैलोमा सेवा पुर्याउन सबैको सहकार्य जरुरी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार