Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम ३७ औ साक्षर जिल्ला घोषणा

इलाम ३७ औ साक्षर जिल्ला घोषणा

  • सन्देश सम्बाददाता
  • बुधबार, असार २८ २०७४


इलाम ३७ औ साक्षर जिल्ला घोषणा

इलाम । सरकारले तोकेका सूचक पूरा गरेसँगै मेची पहाडी जिल्ला इलाम साक्षर जिल्ला घोषित भएको छ । नेपालको जनगणना–२०६८ अनुसार २ लाख ९० हजार २ सय ५४ जनसंख्या रहेको इलाममा ९७.६ प्रतिशत जनसंख्या साक्षर भएको पाइएपछि ‘साक्षर जिल्ला’ घोषणा गरिएको हो ।

मुलुकका ७५ जिल्लामध्ये इलाम ३७ औं साक्षर जिल्ला बनेको जिल्ला शिक्षा अधिकारी टंक गौतमले बताए । सरकारले सन् २०१५ भित्र सबै नागरिकलाई साक्षर बनाएर सबै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने महत्वकाँक्षी योजना बनाएको भएपनि अझै ३८ जिल्ला साक्षर बन्न सकेका छैनन् । आर्थिक वर्ष २०६८÷०६९ मा राष्ट्रिय साक्षर अभियान सुरु हुँदा इलाममा ८३.७ प्रतिशत जनसंख्या साक्षार थिए । २०६९÷७० मा साक्षरता ९३.७ प्रतिशत रहेको थियो । २०७०÷७१ मा ९४.७ प्रतिशत साक्षर रहेको इलाममा २०७१÷७२ मा साक्षरता ९७.६ प्रतिशत पुगको हो ।

राष्ट्रिय साक्षरता अभियान सुरु हुँदा इलामका ४० हजार ५ सय २३ जना निरक्षरहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको जिशिअ गौतमले बताए । साक्षरता दर बढाउन जिल्लाका साविकका २५ गाविसमा सामुदायिक अध्ययन केन्द्र स्थापना गरिएको थियो । पाँच वर्षको अन्तरालमा १४ प्रतिशत साक्षरता बढेको जिशिअ गौतमले बताए । उनका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका जिल्लावासीलाई लेखपढ गर्न सक्ने बनाइएको छ । ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्न सक्ने प्रावधान रहेको छ । अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक चुडामणी पौडेलले जिल्ला शिक्षा समितीका अध्यक्ष एवम स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकालार्इ साक्षरताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार