Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाम राष्ट्रिय फोटो पत्रकार समुहको २२ औ शाखा

इलाम राष्ट्रिय फोटो पत्रकार समुहको २२ औ शाखा

  • लोकल सन्देश
  • मंगलबार, असार २७ २०७४


इलाम राष्ट्रिय फोटो पत्रकार समुहको २२ औ शाखा

इलाम,  । राजेश पराजुलीको अध्यक्षतामा २२ औ शाखाको रुपमा राष्ट्रिय फोटो पत्रकार समूह इलाम शाखा गठन भएको छ । जिल्ला समन्वय समितीको सभाहलमा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिय अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा भएको कार्यक्रममा ७ सदस्यीय इलाम शाखा गठन गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह इलाम शाखाको उपाध्यक्षमा हरि गुरुङ, सचिवमा गोपाल दाहाल, सदस्यहरुमा नमीन ढकाल, किरण पौडेल, धमप्रसाद जवेगु, मुना अधिकारी चयन भएका छन । केन्द्रीय सचिव प्रदिपराज वन्तले फोटो पत्रकार समुहको महत्व स्पष्ट पारेका थिए । कार्यक्रममा केन्द्रिय प्रतिनिधीहरु सागर श्रेष्ठ, हरिप्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो । शाखाको सल्लाहकारको रुपमा नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकाल, निर्वतमान अध्यक्ष रोहितचन्द्र भट्टराई र केन्द्रिय पार्षद लक्ष्मी मिश्रलाई चयन गरिएको छ ।
नव गठित समितीका पदाधिकारीहरुलाई जिल्ला प्राविधिक कार्यालय इलामका डिभिजन इन्जिनियर ओमराज ढुङगानाले खादा र अविर लगाइ बधाई ज्ञापन गरेका थिए । इलाम राष्ट्रिय फोटो पत्रकार समुहको २२ औ शाखा हो । यसअघि सोमबार नविन उप्रेतीको अध्यक्षतामा झापा २१ औ शाखाको रुपमा गठन भएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार