इलाम, । जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका चुलाचुली गाउँपालिका–२ का देविराम राईको परिवारलाई जिल्ला वन कार्यालय इलामले राहत रकम दिएको छ । जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ नेतृत्वको टोलीले मृतक राईको घरमा पुगेर किरिया खर्च बापत ५० हजार रुपैया दिएको हो ।
राहत रकम चुलाचुली गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले मृतक राईका काका धनबहादुर राईलाई हस्तान्तरण गरे । बुधवार राति गाउँ छिरेको हात्तीको आक्रमणबाट ३७ वर्षीय राईको मृत्यु भएको थियो ।
मृतकको परिवारलाई राहत बापतको थप १० लाख रुपैया दिलाउने प्रक्रिया भइरहेको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिए । चुलाचुलीमा बर्षेनी हात्तीको आक्रमणबाट ज्यान गुमाउनेका संख्या बढदै गएको छ ।