Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र इलाम नगरले दियो मतदातालाई धन्यवाद

माओवादी केन्द्र इलाम नगरले दियो मतदातालाई धन्यवाद

  • लोकल सन्देश
  • आइतबार, असार २५ २०७४


माओवादी केन्द्र इलाम नगरले दियो मतदातालाई धन्यवाद

इलाम, । असार १४ गतेको दोश्रो चरणको निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई माओवादी केन्द्र इलाम नगर कमिटीले धन्यवाद ज्ञापन गरेको छ । नगर इन्र्चाज प्रवाश शर्माले बिज्ञप्ती जारी गर्दै माओवादी केन्द्र इलाम नगरपालिकाका उम्मेदवारलाई मतदान गर्ने मतदाता र बिजय हुने जनप्रतिनिधीलाई बधाइ ज्ञापन गरे । माओवादी केन्द्रले दोश्रो चरणको निर्वाचनमा इलाम नगरपालिकामा कुनै पनि पद बिजय हासिल गर्न सकेन । बिज्ञप्तीमा भनिएको छ ‘निर्वाचित सवैलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ । सवैको साथ सहयोगबाट अगाडी बढ्ने अपेक्षा गर्दछौ । तपाइहरुको राम्रो काममा हाम्रो पार्टीको सदासर्वदा साथ र सहयोग रहनेछ । बाटो बिराएमा खवरदारी गर्ने, सचेत गराउने र जनमुखी कामको लागी प्रेरित गर्ने काम पनि हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार