Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली कांग्रेस माइ नगर संयोजक खाकीलाई कारबाहीको सिफारीस

नेपाली कांग्रेस माइ नगर संयोजक खाकीलाई कारबाहीको सिफारीस

  • लोकल सन्देश
  • बिहिबार, असार २२ २०७४


नेपाली कांग्रेस माइ नगर संयोजक खाकीलाई कारबाहीको सिफारीस

माइ,  नेपाली कांग्रेस माइ नगरपालिका समन्वय समितिले चुनावमा असहयोग गरेको भन्दै नगर संयोजक कृष्ण खाकीलाई कारवाहीको लागी सिफारिस गरेको छ ।

बुधवार उप संयोजक डम्वर तामाङको अध्यक्षतामा वसेको वैठकले स्थानीय निर्वाचन २०७४मा पार्टीलाई असहयोग गरेको र पार्टीको नीति निर्देशन विपरीत कार्य गरेको भनि माइ नगरपालिका समन्व्य समिति संयोजक कृष्ण खाकीलाई नेपाली कांग्रेसको विधान २००७ को धारा ४२ वमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि क्षेत्रिय समिति र जिल्ला समितिमा सिफारीस गरेको हो ।

माइ नगरपालिकामा स्थानिय निर्वाचन २०७४ मा नेपाली काँग्रेसले मेयर÷ उपमेयरमा पराजय भोगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार