Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुुर्योदय नगरपालिकाको निर्वाचन अधिकृतले हुकुमी शैली देखाए

सुुर्योदय नगरपालिकाको निर्वाचन अधिकृतले हुकुमी शैली देखाए

  • सुजन तिमल्सिना
  • आइतबार, असार १८ २०७४


सुुर्योदय नगरपालिकाको निर्वाचन अधिकृतले हुकुमी शैली देखाए

इलाम। सुर्योदय नगरपालिकाको निर्वाचन अधिकृत राजेन्द्र भट्टराईले निर्वाचनको सुचना संकलनका लागी गएका पत्रकारलाई सुचना नदिइ फर्काउने गरेका छन । पछिल्लो परिणाम संकलनको लागी सुचना लिन गएका पत्रकारलाई मत परिणाम नटिपाउने, बस्न नदिने र सुचना पार्टीमा टासिएपछि त्यै सारेर रिर्पोटिङ गर्नु भनेर फर्काउने गरेका हुन ।
मतगणना सम्पन्न भएको २ घण्टा बढी समयसम्म पनि निर्वाचन अधिकृत भट्टराईले जनताको सुचना पाउने हकबाट बञ्चित गराउदै आएका छन । सर्वदलिय बैठकमा मतगणना कार्य सुरु भएको जानकारी भएपछि मतगणना कार्य भइरहेको अवस्थामा उपयुक्त अनुसार सामान्यतया परिणाम प्राप्त भएको १ घण्टाभित्र सार्वजनिक गर्ने निर्णय गरिएको भएपनि अधिकृत भट्टराईले आफैले नियमको पालना गरेको पाइदैन । पत्रकार सुचना लिन जाँदा सुचना नै नदिएको र भित्तामा टासिएको अस्पष्ट सुचना हेरेर रिपोटिङ गर्नु भनेर थर्काउदै आइरहेका छन ।
मतगणना स्थलमा जाने पत्रकारलाई समेत भट्टराईले “ तिमी किन भित्र बाहिर जाउँ बोडमा टासिएको छ त्यै पढ” भन्दै गैर जिम्मेवारपुर्ण जवाफ दिएका छन् । अधिकृत भट्टराईले समाचार सम्प्रेषणका लागी पत्रकार पास दिन समेत आनाकानी गरेका थिए । समाचार सम्प्रेषणको लागी एउटा पास उपलव्ध गराएपनि सुचना लिन जाने पत्रकारलाई प्रहरी लगाएर गेटमा नै रोक्ने गरेका छन । निर्वाचन अधिकृतको कार्यालयले भित्तामा टासेको अस्पष्ट सुचना बुझन जाने पत्रकारलाई त्यै हो अहिले टिपाउन सकिदैन भन्दै फर्काएका छन ।

भट्टराईले मतगणनाको पहिलो दिन रेडियो फिक्कलका सहसम्पादक एवम नेपाल पत्रकार महासंघका सदस्य दिनेश महतलाई सुचना दिनका लागी आनाकानी गर्दै पदिय मर्यादा विपरितको आचरण देखाए । विहान १० बजे सुरु भएको मतगणनाको पहिलो विवरण बेलुका ५ बजेसम्म सार्वजनिक नगरेपछि परिणाम सुन्न आतुर जनताको सुचनाको हक अधिकारको लागी मतगणनास्थलमा गएको कारण महतलाई त्यसै फर्काका थिए । यस्तै आज थाहा मिडिया ग्रुपका इलाम सम्वाददाता एवम नेपाल पत्रकार महासंघका सदस्य नमीन ढकालले मत परिणामको प्रिन्ट माग्दा “किन चाहीयो तिम्लाई प्रिन्ट बाहिर टासेको छ कापीमा टिप, त्यै भन, तिमी तुरुन्त बाहिर जाउ यहाँ आउन मिल्दैन” भन्दै आफनो अहमता देखाए । भट्टराईले शनिवार बेलुका अस्पष्ट मत परिणाम दिएपछि ढकाल स्पष्ट बुझनका लागी निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए ।

यस्तै सुर्योदय नगरपालिकाको वडा नं ६ र ७ को अन्तिम परिणाम लिन गएका नेपाल टेलिभिजनका पत्रकार एवम नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुजन तिम्सिनाले पछिल्लो मतपरिणाम प्रिन्ट गरेर दिनु हामी सवै पत्रकारका लागी हुन्छ भन्दा नदिने सुचना पार्टीमा टासिन्छ त्यै टिप्नु भन्दै फर्काएका थिए । भट्टराईले मतदानको दिन समेत मतदान केन्द्रमा सहज रुपमा मतगणना भइरहेपनि पत्रकारलाई फोटो खिच्न र मतदान केन्द्र प्रवेशमा रोक लगाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार