इलाम । इलामको सूर्योदय नगरपालिकामा मतगणना शुरु, अन्यमा तयारी हुँदै गंगा पराजुली इलाम,१५ असार इलामको सूर्योदय नगरपालिकामा मतगणना शुरु भएको छ । सूर्योदय नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भट्टराईका अनुसार अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिले एउटा मणकको समुहले मतगणना भइरहेको छ ।
इलामका अन्य स्थानीय तहमा मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । देउमाई नगरपालिकामा सर्वदलिय बैठक भइरहेको छ । खाना खाएर फेरि छलफलमा बस्ने सहमति । माई नगरपालिकामा सर्वदलिय बैठक सम्पन्न । खाना खाएर मतगणना गर्ने सहमति भएको निर्वाचन अधिकृत कालिदास ढकालले बताए । माइजोगमाई गाउँपालिकामा सर्वदलिय बैठक सम्पन्न भएर मतगणना प्रतिनिधिलाई परिचय प्रत्र बितरण हुँदै ।
१० मिनेट पछाडी मतगणना हुने । सन्दकपूर गाउँपालिकामा ११ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि केहि समय लाग्ने निर्वाचन अधिकृत रिद्धि निरौलाले बताउनुभयो । सर्वदललिय बैठकले मतगणना छिटो गर्ने सहमति भएको छ । रोङ्ग गाउँपालिका, चुलाचुली गाउँपालिका, फाकफोक गाउँपालिका र माङ्सेबुङ्ग गाउँपालिकामा मतगणनाका लागि सर्वदलिय बैठक बसिरहेको छ ।