Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

बर्षातकाे बाबजुद इलाममा ७३ प्रतिशत मत खस्यो 

बर्षातकाे बाबजुद इलाममा ७३ प्रतिशत मत खस्यो 

  • सन्देश सम्बाददाता
  • बुधबार, असार १४ २०७४


बर्षातकाे बाबजुद  इलाममा ७३ प्रतिशत मत खस्यो 

इलाम, । दोश्रो चरणको निर्वाचन इलाममा सफलतापुर्वक सम्पन्न भएको छ । १ लाख ८९ हजार २ सय ७४ मतदाता रहेको इलामका ७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

१४४ मतदानस्थलका २ सय ४९ मतदान केन्द्र रहेको इलाममा मतदाताले बर्षातका बाबजुद उत्साहपुर्ण रुपमा मतदान कार्यमा सहभागी भएको जिल्ला निर्वाचन अधिकारी प्रेम काफलेले बताए ।

विहान ७ बजेदेखी सुरु भएको मतदान कार्य साँझ ५ बजे सकिएपछि मतदान केन्द्रबाट मतपेटीका सम्वन्धित स्थानिय तहको निर्वाचन कार्यालयमा संकलनको काम धमाधम भइरहेको छ । राजमार्ग छेउका मतदान केन्द्रका मतपेटीका ठुला सवारी साधन र ग्रामिण क्षेत्रका मतपेटीका साना सवारीसाधनबाट संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । छिटपुट घटना बाहेक अन्य घटना अप्रिय घटना नभएको प्रजिअ दाहालले बताए ।

४ नगरपालिका र ६ गाँउपालिका रहेको इलाममा १० वटा स्थानिय तह रहेका छन । ८१ वटा वडा रहेको इलामका स्थानिय तहमा निर्वाचनबाट ४ सय २५ जना जनप्रतिनिधी चुनिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार