इलाम, इलामको रोङ्ग गाउँपालिकाको कोल्बुङ्ग मतदानस्थलमा मतदान गरि फकिएका एक मतदाताको मृत्यु भएको छ । मतदान केन्द्रमा मतदान गरि फर्किदै गर्दा बाटोमा एक्कासी बिहोस भएर लडेका चेतनाथ आचार्यको मृत्यु भएको हो । एक्कासी बेहोस भएका आचार्यको उपचारका लागि झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो । रोङ्ग गाउँपालिका वडा नम्बर ३ निवासी आचार्य अपराह्न्न १२ बजे मतदान गरि घर फर्किदै गरेको अवस्थामा बिरामी परेको स्थानीय गोपाल निरौलाले बताउनुभयो ,