इलाम , इलाममा बर्षाताका बाबजुत उल्लाहासपूर्ण मतादानको काम हुँदै स्थानीय तहको निर्वाचन इलाममा मतदाताको उत्साहाका साथ शान्तिपूर्ण रुपमा शुरु भएको छ । रातीदेखि लगातार पानी परेपनि इलामका मतदानस्थलमा छाता र प्लास्टिक ओडेर मतदाता विहान पाँच बजेदेखि नै पुगेका थिए । १ लाख ८९ हजार २ सय ७४ मतदाताले इलाममका एक सय ४४ वटा मतदान स्थलको २ सय ४९ मतदान केन्द्रबाट मतदान भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाको राष्ट्रिय आधारभुत विद्यालयबाट १० बजेर २६ मिनेटमा मतदान गरे भने पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्ग र काँग्रेस नेता कुलबहादुर गुरुङले इलामको बालमन्दिर आधारभुत विद्यालयबाट बिहान ७ बजे नै मतदान गरे । यसैगरि बर्षातका कारण इलामको माई नगरपालिका ७ स्थित बिरेन्द्र आधारभुत विद्यालयको मतदान गर्ने काम स्थगित भएको छ । बिहान ७ बजेबाट मतदान गर्ने काम शुरु गरेपनि बर्षातका कारण स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
लोकतन्त्रको जग स्थानीय तहको निर्वाचनः झलनाथ खनाल

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको सुर्योदय नगरपालिका स्थित राष्ट्रिय आधारभुत विद्यालयमा रहको मतदान स्थलमा मतदान गर्नुभएको छ । राष्ट्रिय आधारभुत विद्यालयको ग केन्द्रमा खनालले १० बजेर २६ मिनेटमा मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि पत्रकारसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचनले नेपालको लोतन्त्रको जग बसालेको बताउनुभएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न हुने ऐतिहासिक दिन भएको र जनताहरु उल्लासपूर्ण रुपमा सहभागि भएको बताउनुभयो । निर्वाचन सम्पन्न चुनिने जनप्रतिनिधिहरुलाई बिषेश प्रशिक्षण दिएर र सरकारले निर्देशन दिएर काममा गाइड गरेर स्थानीयत तह सफलताका पूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।
मतदान केन्द्र नजिकै बम पडकियाे
इलाम सदरमुकाममा रहेको आर्दश आधारभुत विद्यालयको मतदान केन्द्र नजिकै चियाबारीमा बम बिस्फोट भएको छ । मतदाताहरुको उल्लासपुर्ण मतदान भइरहेको अवस्था अज्ञात व्यक्तीले छाडेको बम बिस्पmोट भएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने ‘सामान्य प्रकारको बम भएकाले मानविय क्षति भएन अहिले सुरक्षा संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको छ । अहिले अवस्था समान्य छ । मतदान प्रक्रिया पुनः सुचारु भएको छ ’ । बम विस्फोट गराउने व्यक्तीको खोजी भइरहेको दाहालले बताए