इलाम । प्रदेश नं १ मा रहेको इलाम जिल्लामा १० वटा स्थानीय तह रहेका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा कुल मतदाता संख्या १ लाख ८९ हजार २ सय ७४ छ । ९६ हजार ६ सय ७१ पुरुष ९२ हजार ६ सय १ महिला र २ जना तेस्रो लिङ्गी मतदाता छन् इलाममा । प्रदेश नं १ मा रहेको इलाम जिल्लामा १० वटा स्थानीय तह रहेका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा कुल मतदाता संख्या १ लाख ८९ हजार २ सय ७४ छ ।
९६ हजार ६ सय ७१ पुरुष ९२ हजार ६ सय १ महिला र २ जना तेस्रो लिङ्गी मतदाता छन् इलाममा । ८१ वटा वडा रहेको इलामका स्थानीय तहमा असार १४ को निर्वाचनबाट चार सय २५ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचित जनप्रतिनिधि मध्ये गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ६÷६ जना, नगरपालिका प्रमुख उप प्रमुख ४÷४ जना रहेका छन् । निर्वाचबाट गाउँपालिकामा ३६ वडाअध्यक्ष निर्वाचित हुनेछन् भने नगरपालिकामा ४५ वडाध्यक्ष चुनिनेछन् । महिला वडा सदस्य र दलित महिला वडा सदस्यमा चुनिने संख्या ८१÷८१ गरि १ सय ४२ रहेको छ । गाउँपालिकाका वडामा खुल्ला सदस्य ७२ जना र नगरपालिकामा ९० जना सदस्य मतदानबाट निर्वाचित हुनेछन् । निर्वाचन पछि बस्ने गाउँसभा र नगर सभाले दलित वा अल्पसंख्यक समुदायबाट १२÷१२ मनोनित गर्नेछ । एक सय ४४ वटा मतदानस्थल रहेको इलाममा २ सय ४९ वटा मतदान केन्द्र रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा इलामका मतदाता मतदान गर्न आतुर छन् । २० वर्षदेखि जनप्रतिनिधि विहिन स्थानीय निकाय संविधानसभा मार्फत बनेको संविधान अनुरुप गाउँमै अधिकार आएकोमा मतादाता उत्साहित पनि छन् ।
स्थानीय तहको निर्वाचनमा विकासका पूर्वाधारलाई मुख्य नारा बनाउने नैतिकवान नेतालाई नेतृत्वमा पु¥याउने मतदाताको भनाइ छ । इलाममा निर्वाचनका तीन तहको सुरक्षा व्यवस्था छ । मतदानस्थलको भित्रि घेरामा नेपाल प्रहरी, बिचमा शसस्त्र प्रहरी र बाहिर नेपाली सेनाको कडा सुरक्षा घेरा हुनेछ । जिल्ला सुरक्षा समतिका अनुसार म्यादी प्रहरी सहित नेपाल प्रहरी १८ सय, शसस्त्र प्रहरी ५ सय र नेपाली सेना ६ सयको संख्यामा फिल्डमा खटिने र करिब ६ सय संख्यामा सबै सुरक्षाकर्मीको रिर्जभ फोर्स हुनेछ ।
१० वटा तहमा निर्वाचन संचालनका लागि जिल्ला निर्वाचन कार्यालय इलामबाट २२ सय ५५ कर्मचारी खटिएका छन् । मतदान केन्द्रमा मतपत्र,मतपेटिका सहित ६५ प्रकारका निर्वाचन सामग्री प्रयोग हुनेछन् । जिल्ला निर्वाचन कार्यालय इलाममा १५ वटा राजनीतिक दल दर्ता भएपनि सबैले निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा दर्ता नगार्दा ९ वटा राजनीतिक दलका उमेद्धवार मात्र दलगत चुनाव चिन्ह पाएका छन् । अन्यले स्वतन्त्र उमेद्धवारका रुपमा चुनाव चिन्ह पाएका छन् ।
नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोमर लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा र नेकपा माले पार्टीका उमेद्धवारले दलगत चुनाव चिन्ह पाएका हुन् । निर्वाचनबाट गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडामा एक वडाध्यक्ष, २ खुल्ला सदस्य, एक÷एक महिला तथा दलित सदस्य र नगरपालिकामा नगर प्रमुख उपप्रमुख वडामा एक वडाध्यक्ष, २ खुल्ला सदस्य, एक÷एक महिला तथा दलित सदस्य चुनिनेछन् । गाउँपालिका अध्यक्ष उपाध्यक्ष नगरपालिकाका प्रमुख उपप्रुमखको मतदान मार्फत जिल्ला समन्वय समिति गठन हुनेछ । मतदान मार्फत जिल्ला समन्वय प्रमुख उपप्रमुख चुनिएपछि १० वटा स्थानीय तहका प्रमुख समन्वय समितिको पदेन सदस्य हुने व्यवस्था छ ।