Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची नेत्रालय आँखा अस्पतालकाे दशौं वार्षिकोत्सव

मेची नेत्रालय आँखा अस्पतालकाे दशौं वार्षिकोत्सव

  • सन्देश सम्बाददाता
  • मंगलबार, असार १३ २०७४


मेची नेत्रालय आँखा अस्पतालकाे दशौं वार्षिकोत्सव

काँकरभिट्टा । मेची नेत्रालय आँखा अस्पतालले आफ्नो दशौं वार्षिकोत्सवको सन्दर्भ पारेर आज अस्पतालमा कार्यरत् कर्मचारीहरुलाई सम्मान गरेको छ ।
मेचीनगर ६ काँकरभिट्टास्थित सो अस्पताल स्थापनाको दशौं वर्ष पूरा भई ११ औं वर्ष प्रवेशका अवसरमा सञ्चालित सप्ताहब्यापी कार्यक्रम अन्र्तगत कर्मचारीहरुलाई सम्मान गरेकाे हो । अस्पतालको सभा कक्षमा आयोजित एक विशेष कार्यक्रममा अस्पतालका प्रमुख डा. शरदचन्द्रप्रकाश राई र निर्देशक पुनम प्रधानले स्थापनाअवधि देखि नै विभिन्न विभागमा कार्यरत् लीलाबहादूर माझी र पवन राजवंशीलाई दोसल्ला ओढाएर नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरे ।
अस्पतालका विभिन्न फाँटमा कार्यरत् ६७ जना कर्मचारीहरुलाई ८ वटा विभागका विभागिय प्रमुखहरुले प्रोत्साहन स्वरुप उपहार प्रदान गरी सम्मान गरेका थिए । त्यस्तै कर्मचारीहरुका तर्फबाट अस्पतालका प्रमुख राई र निर्देशक प्रधानलाई खादा, दोसल्ला ओढाएर मायाको चिनोसहित विशेष सम्मान गरिएको थियो । सो अवसरमा अस्पतालले विगत र वर्तमानमा सेवाग्राहीहरुलाई पुर्याउँदै आएको सेवा सुविधा र भावी कार्ययोजनाका विषयमा समूहगत अन्र्तक्रिया भएको थियो । अन्र्तक्रियामा अस्पतालका विभागिय प्रमुखहरुले आ–आफ्ना धारणा राखेका थिए । अस्पताल प्रमुख राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको औचित्यबारे वरिष्ठ चिकित्सक पर्शुराम भट्टराईले प्रकाश पार्नुभएको थियो भने सञ्चालन अप्टोमेट्रिस नवीन साह र रिसेप्सनिष्ट रुबी महतले गरेकी थिइन्।
पूर्वी नेपालको काँकरभिट्टा क्षेत्रमा स्थापित पहिलो सो अस्पतालले सीमा वारी र पारीका आँखाका रोगीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार