Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

वडाध्यक्ष भएपछि एक घर एक रोजगारी र पाँच लाख रुपैयाँ हरेक उद्यमीलाई बिना धितो प्रदान गर्छुः देवी उप्रेति

वडाध्यक्ष भएपछि एक घर एक रोजगारी र पाँच लाख रुपैयाँ हरेक उद्यमीलाई बिना धितो प्रदान गर्छुः देवी उप्रेति

  • सुजन तिमल्सिना
  • आइतबार, असार ११ २०७४


वडाध्यक्ष भएपछि एक घर एक रोजगारी र  पाँच लाख रुपैयाँ हरेक उद्यमीलाई बिना धितो प्रदान गर्छुः देवी उप्रेति

२०१४ सालमा तेह्रथुमको आठराईमा जन्मिनुभएका देवीप्रसाद उप्रेति इलामको सूर्योदय नगरपालिकाकै एक सामाजिक क्षेत्रमा क्रियासिल छन् । वि कम सम्मको अध्ययन सकेर २०३६ सालदेखि कृषि विकास बैंकबाट जागिरे जिवन सुरु गर्नुभएका उप्रेतीले २०५६ सालमा अवकास लिनुभयो । जागिरबाट अवकास लिएपछि सहकारी मार्फत ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न क्रियासिल देवी उप्रेती पञ्चकन्या कृषि सहकारी संस्थाको अध्यक्ष २०५५ सालदेखि हालसम्म हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट सूर्योदय नगरपालिका वडा नम्बर १० बाट वडाध्यक्षको पदमा उमेद्धवारी दिएका उप्रेती सँग गरिएको संक्षिप्त कुराकानी

 उमेद्धवारको भिडमा तपाईको उमेद्धवारी के का लागी ? 

माओवादीको जनयुद्धको जग र त्यसपछिको जनआन्दोलनको उपलब्धिका रुपमा अहिले स्थानीय तहको निर्वाचन हुँदैछ । मओवादीको एजेण्डा संविधानसभा मार्फत संविधान निर्माण भएको छ । र संविधानले जनताका अधिकारी गाउँघरमा ल्याएको उपलब्धि हाम्रो पार्टीको हो ।  एजेण्डा  हाम्रो भएकाले हाम्रो पार्टी प्रति जनताको जनलहर छ । जसको निती उसैको नेतृत्व अनुरुप सूर्योदय १० का जनताको आग्रहमा मेरो उमेद्धवारी परेको हो । म सामाजिक क्षेत्रमा सक्रिय भएको र अन्य पार्टीको भन्दा आफु बलियो उमेद्धवारको रुपमा छु ।

जनताका एजेण्डा सहज रुपमा कार्यान्वयन गर्न सक्षम नेतृत्व आवश्यक पर्ने भएकाले म त्यसका लागि तयार छु र जनतालाई परिवर्तनको अनुभुति हुने गरि काम गर्छु, त्यसका लागि सबै जनताले मलाई मतदान गरि बिजयी गराउनुहुन्छ ।

वडाध्यक्षको उमेद्धवार त अरु पनी छन् नी ? 

सूर्योदय नगरपालिकाको वडा नम्बर १० मा अन्य उमेद्धवार पनि प्रतिस्पर्धामा छन् । तर सबै जनताको उमेद्धवार चै म भएको छु । फिक्कल बजारमा रहेर सहकारी मार्फत स्वरोजगार सिर्जना गरेर मैले काम गरेको भएकाले जनताले मलाई उमेद्धवारी दिन आग्रह गरेकाले म जित्छु । अर्को तर्फ माओवादीको जनयुद्धले राजालाई जनता सरह बनाएकाले संघीयता, धर्मनिरपेक्षता जस्ता अधिकार जनतालाई दिलाएकाले माओवादीलाई जनताले भोट दिन्छन् ।  माओवादी नेतृत्वको सरकारले उज्यालो नेपाल मार्फत देश लोड सेडिङ्ग मुक्त बनाएको र आर्थिक वृद्धिदर हालसम्मकै उच्च बनाएकाले म पनि नेतृत्व पाएपछि जनपक्षिय काम गर्ने व्यक्ति हुँ त्यही भएर अन्य उमेद्धवार भन्दा म सक्षम छु ।

 तपाईका जित्ने आधार के हुन् ? 

अहिले पार्टी भन्दा पनि व्यक्तिलाई मतदाताले मतदान गर्दैछन् । संघसंस्थामा काम गरेर मैले अनुभव लिएको छु । म आफै कर्मचारी भएर अवकास भएकाले कर्मचारी परिचालन गर्ने क्षमता छ । अन्य पार्टीका वडाध्यक्षका उमेद्धवारसँग त्यो क्षमता छैन । १० नम्बर वडाका सबै जनतासँग मरो परिचय छ । जनताका आकाक्षा अनुसारको काम म मात्रै गर्न सक्ने भएकाले जनताको मत मलाई आउँछ । पार्टीलाई भन्दा पनि व्यक्तिका योगदान हेर्ने भएकाले मरो जित सुनिश्चित छ ।

तपाईले नेतृत्व पाएमा विकासका संरचना के निर्माण हुन्छन् त ?  

जनतामा आएका अधिकार कार्यान्वयन गर्ने चुनौती छ । जनताका अपेक्षा धेरै भएकाले त्यो अपेक्षा पुरा गर्न अनुभवि नेतृत्व आवश्यक छ । म वडाध्यक्षमा बिजयी भएमा फिक्कल बजार आले रिङ्गरोड कालोपत्रे गर्ने, याङ्ग जाने सडक स्तरउन्नती गर्ने, सुवेदी गाउँ जानेबाटो पूर्णरुपमा कालोपत्रे गर्ने, युवास्वरोजगार कार्यक्रम मार्फत एक घर एक रोजगारीको अवसर सिर्जना गर्नेछु । र म सहकारीको अध्यक्ष भएकाले राष्ट्र बैंकको सहयोगमा पाँच लाख रुपैयाँ हरेक उद्यमीलाई बिना धितो प्रदान गर्ने प्रतिवद्धता रहेको छ । विद्युतिकरणका समस्या समाधान गर्न राज्यका निकायमा नेतृत्वदायी भुमिका निर्वाहा गर्छु ।

व्यवासायीक चिया खेती भएका यो क्षेत्रमा तपाईका के छन् योजना ?

यो क्षेत्रमा सासंद जितेर प्रधानमन्त्री भएपनि नेकपा एमालेका नेता झलनाथ खनालले चिया क्षेत्रको समस्या समाधान गरेनन् । किनभने उनीमा चिया क्षेत्रको अध्ययन भएको थिएन होला । म यो क्षेत्रमा बसेर चिया किसान, उद्यमी र व्यपारीको समस्या नजिकबाट हरेको छु । म वडाध्यक्ष भएमा पहिले चिया क्षेत्रको अर्गानिकरणमा किसानलाई ५० प्रतिसत अनुदान दिने व्यवस्थाका लागि नगरसभाबाट पास गराएर कार्यान्वयनका लागि नेतृत्वदायी भुमिका निर्वाहा गर्छु ।

उद्यमीका समस्या समाधानका लागि उद्योगीसँग छलफल गरि प्रदेश सरकार र केन्द्र सरकारकहाँ पहल गरि फिक्कलमै चियाको अक्सन मार्केट स्थापना गर्न नेतृत्व लिन्छु । चियामा अर्गानिकरण गरेपछि बजारको समस्या हुदैन ।

 फिक्कल सहरलाई कस्तो बनाउने खाका  कर्दै हुनुहुन्छ ? 

फिक्कल अहिले अत्यन्त साघुरो भएको छ । म पहिले १५ मिटरको समस्या समाधान गर्नका लागि राज्यका निकायसँग पहल गर्छु । अहिले बजार क्षेत्र सडकमा देखिन थालेको छ । यसलाई म माथिल्लो क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छु । बजारको जग्गा व्यवस्थानका लागि सबैको सल्लाहा र सहमतिमा सुन्दर सहर बनाउने योजना छ । यहाँ लोपउन्मुख लाप्चा जातिको बसोबास रहेको छ । उनीहरुको भाषा सस्कृति र मन्दिरहरु संरक्षण गर्ने योजना छ । यस्तै अन्य धर्मका मठ मन्दिरहरु संरक्षण गर्ने र पर्यटकीय सहरको योजना कार्यान्वयन गर्नेछु ।  वृद्धवृद्धाको अनुभवलाई सल्लाहाका रुपमा लिएर, उनीहरुको संरक्षणका लागि वृद्धाश्रम निर्माणको नेतृत्व गरिरहेको छु त्यसलाई पूर्णता दिन्छु । सबै वडाहरुसँग मिलेर पर्यटन क्षेत्रको संभाव्यता अध्ययन गरेर पर्यटकीय गन्तव्य बनाउने योजना पूर्णरुपमा कार्यान्वयन गर्छु ।

अन्त्यम केही भन्नु छ की ? 

धेरै कुरा गर्ने भन्दा पनि काम गरेर देखाउँछु । जनताको सल्लाहा र आवश्यकताका आधारमा काम  गर्छु । गाउँमै जनतासँग योजना बनाउने र गाउँमै कार्यान्वयन गर्ने छु । सबै मतदातालाई म के आग्रह गर्छु भने पार्टी भन्दा पनि माथि उठेर वडा विकास गर्ने मानिसलाई मतदान छर्नुहोस् । म त्यसका लागि सक्षम छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार