इलाम, ११ असार । पुर्व प्रधामन्त्री एवम नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले असार १४ को निर्वाचनमा पनि एमाले देशकै पहिलो पार्टी हुने बताए । पश्चिमबाट सुरु भएको एमालेको बिजय यात्रा पुर्व प्रदेश नं १ मा आएर मात्र टुङगिने उनको धारणा थियो । नेकपा एमाले इलाम नगरपालिकाको चुनावी सभालाई सम्वोधन गर्दै खनालले भने “सरकारले एमाले कमजोर भएको प्रदेशबाट निर्वाचन सुरु गरेपनि बिजयलाई जारी राख्दै एमालेले पहिलो चरणबाट आफुलाई अब्बल प्रमाणित गरेको छ” । एमालेको जितको लगाम खुस्किएको बताउदै उनले भने “सवै निर्वाचनमा .नेकपा एमालेलाई बिजयबाट कसैले रोक्न सक्दैन । नेकपा एमालेलाई जिताउन जनता अधैर्यतापुर्वक अघि बढीरहेका छन त्यसैले एमालेलाई पहिलो हुनबाट कसैले रोक्ने चेष्टा नगरे हुन्छ । एमालेको जितको लगाम असोज २ पछि मात्र लाग्नेछ ” ।
सभालाई सम्वोधन गर्दै नेकपा एमालेका संसदीय दलका उपनेता एबम पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले जनता एमालेलाई तालाचावी सुम्पिन आतुर भएकाले एमालेको जित सुनिश्चित रहेको बताएका छन । उनले सरकारले हार्ने निश्चित भएपछि राजपालाई मनाउन भन्दै चरण चरणमा चुनाव गराएको आरोप लगाए । उनले भने “राजपाले चुनाव सार्न माग नगरेपनि सरकारले राजपालाई मनाउन चुनाव सारेको भन्ने भ्रमको खेती गरिरहेको छ । वास्तवमा राजपाले असोज २ मा चुनाव चाहेको हैन” ।
तत्कालिन प्रधामन्त्रीले जस्तो परिस्थिती आएपनि एकै चरणमा चुनाव गराउने बाचा गरेपनि एमालेको जनमत देखेर पछाडी सरेको नेम्वाङले आरोप लगाए । सरकारलाई इङिगत गर्दै नेम्वाङले भने “सरकार इलाम चोकबजारको विग्रिएको घडी जस्तो छ । हिजो पनि यो घडीमा साढे ५ बज्न ५ मिनेट थियो र आज पनि उस्तै छ ।”
सभालाई सम्वोधन गर्न एमाले नेता रघुविर महासेठ आउने भनिए पनि विशेष कारणले उनी इलामको चुनावी सभालाई सम्वोधन गर्न आउन नसकेको नेकपा एमाले जिल्ला समितीले जानकारी दिएको छ ।
झलनाथलाई चुनावी सभा सम्वोधन गर्न असहज
निर्वाचनको मौन अवधीको पुर्वसन्ध्यामा आयोजना भएको नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्न प्रमुख वक्ताको रुपमा रहेका पुर्वप्रधानमन्त्री एवम बरिष्ठ नेता झलनाथ खनाललाई सभालाई सम्वोधन गर्न असहजता देखिएको थियो । असार ४ गतेबाट जिल्लाका निर्वाचन प्रचारमा खटिएका खनाल सभालाई सम्वोधन गर्दा विचबिच रोकिन्दै हास्थे । उनले सभालाई सकिन नसकि सम्वोधन गरिरहेका थिए । सम्वोधनका क्रममा आवाज मधुरो हुँदै गएपछि केही समय रोकिदै पुन सभालाई सम्वोधन ग¥थे । उनले बारम्वार घाटीमा समस्या छ भन्दै सभालाई सम्वोधन गरे । अन्तमा सभालाई सम्वोधन गर्न असहजताको सिमामा पुगेपछि “ बाँकी रहेका सवै कुरा सुवास जीले भन्नुहुनेछ” भन्दै संचालक नवराज शंकरलाई माइक्रोफोन हस्तान्तरण गर्दै विदा लिए ।