इलाम, ः नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद कुलबहादुर गुुरुङले हरेक परिवर्तनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनपछि पहिलो स्थानमा आउने दाबी गरेका छन् उनले जनतालाई नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्मको यात्रा गराइसकेको स्मरण गराउँदै भविष्य बोकेको पार्टी समेत भएकाले काँग्रेसको बिकल्प नभएको बताए ।
इलाम नगरपालिका चुनाव प्रसारप्रचार समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै गुरुङले इतिहास बोकेको पाटी नेपाली काँग्रेससँग देश चलाउने अनुभव भएकाले मतदाताले नेपाली कांग्रेसलाई रुख चिन्हमा मत दिएर बिजय गराउनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले अन्य पार्टीले भ्रम सिर्जना गर्दै मतदाताहरुलाई झुक्याइरहेको बताउँदै सचेत हुन सम्पुर्णलाई आग्रह गरेका थिए । हरेक गाउँपालिका तथा नगरपालिकामा कांग्रेसले नेतृत्व गर्ने अवसर पायो भने मात्र देश समृद्ध हुने उनको भनाई थियो ।
कार्यक्रममा केन्दिय सदस्य तथा सांसद सुजता परियार, नगेन्द्र कुमाल, निर्वाचन परिचालन समितिका राम घिमिरे, तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेत, महामन्त्री सरोज थापा लगायतका केन्द्रिय स्तरका नेताहरुले मन्तब्य राख्दै अन्य दलभन्दा नेपाली कांग्रेस आफैँमा सफल पार्टी रहेकाले अब हुने स्थानिय निकायको चुनावमा नेपाली कांग्रेसको विकल्प नरहेको धारणा राखे ।
इलाम नगरपालिकाका प्रमुखका उम्मेदवार हिमालय कर्मचार्यले इलाम नगरपालिकामा यस अघिको निर्वाचनका अन्य दलले जितेका कारण नगरपालिका कार्यकर्ता भर्ती केन्द्र बनेकाले विकास हुुनको साटो कर्मचारीलाई खुवाउने तलब नै सापटी लिनुपर्ने अवस्था भएको भन्दै यि समस्या समाधानमा नेपाली कांग्रेसको खाँचो रहेको बताए । उपप्रमुख पदकी उम्मेद्धार चन्दा कार्कीले नेपाली कांग्रेसको पक्षमा इलाम नगरपालिकाका मतदाताले मतदान गर्ने माहोल खडा भइसकेकोले जित सुनिश्चित रहेको बताइन् ।
कार्यक्रममा इलाम नगरपालिकाका १२ वटै वडाबाट आएका हजारौँ कार्यकर्तासहितको ¥यालीले इलाम बजार परिक्रमा गरेका थिए । विभिन्न जातजातीको झाँकी, पञ्चेबाजा सहित ठुलो टुँडिखेलबाट शुरु ¥याली इलामको धोबिधारा, मालापथ परिक्रमा गर्दै चौक बजारमा आएर कोण सभामा परिणत भएको थियो ।
चुनावी सभाका लागी काँग्रेस– एमालेको होडबाजी
चुनावको मौन अवधी नजिकिएसँग इलाममा नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी सभा गर्ने होडबाजी चल्न थालेको छ ।
शनिवार नेपाली काँग्रेसले पुर्वमहामन्त्री कुलबहादुर गुरुङ, केन्द्रिय सदस्य मीन विश्वकर्मा, सुजता परियार, नगेन्द्र कुमाल, तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय तहका नेताहरुको चुनावी सभा गरेको भोली पल्ट नेकपा एमाले पनि पुर्व प्रधामन्त्री एवम इलाम क्षेत्र नं १ का साँसद झलनाथ, खनाल, संसदिय दलका उपनेता एवम पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पुर्वमन्त्री रघुविर महासेठ लगायतका वक्ताहरुलाई सहभागी गराएर इलाम नगरपालिकामा चुनावी सभा गर्ने तयारी गरेको छ ।
चुनावलाई लक्षित गरेर नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम निर्वतमान स्वास्थ्यमन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्माले जिल्लाका देउमाइ नगरपालिका, विव्ल्याटे, माइ नगरपालिकाको चुनावी सभालाई सम्वोधन गरिसकेका छन । यता एमालेका दुइ प्रभावशाली नेताहरु सुवासचन्द्र नेम्वाङ र झलनाथ खनाल पनि चुनावी सभाका लागी जिल्ला दौडाहमा छन ।