इलाम, । देउमाइ नगरपालिकामा त्रिवेणी नकाउट टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । असार ९ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न ७ विधामा ४० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
शनिवार सम्पन्न खेलमा जुनियर सिँगलमा मिलन बास्तोलाले उपाधी जितेका छन । बास्तोलाले आयुस अग्रवाललाई पराजित गरेका थिए । त्यस्तै खुल्ला महिलामा सुजिता श्रेष्ठले सृजना कार्कीलाई पराजित गरिन । सिनियर सिँगलमा सुवास अधिकारीले शैलेन्द्र काफले, जुनियर डबलमा प्रज्वल श्रेष्ठ र मिलन बास्तोलाले आयुस अग्रवाल र मौसम लिम्बुलको जोडीलाई पराजित गरे । सिनियर डबल तर्फ सुवास अधिकारी र प्रतिक श्रेष्ठको जोडीले शैलेन्द्र काफले र मनोज लिम्बुको जोडीलाई पराजित गर्दै उपाधी जित्यो । अन्तर विद्यालय मिक्समा इलाम मर्निङ ग्लोरीले सुर्योदय शिक्षा सदनलाई पराजित ग¥यो । त्यस्तै अन्तर विद्यालय डबलमा सुर्योदय शिक्षा सदनले इलाम मर्निङ ग्लोरीमाथी जित दर्ता गर्दै उपाधी जित्यो ।
प्रतियोगिताको बिजेतालाई देउमाइ नगरपालिकाका लेखा अधिकृत यादव अधिकारीले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । विद्यार्थी र स्थानियहरुको अन्तरनिहित खेल प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यका साथ त्रिवेणी युथ क्लबले प्रतियोगिता आयोजना गरेको हो ।