इलाम, । देउमाइ नगरपालिकामा त्रिवेणी नकाउट टेवलटेनिस प्रतियोगिता सुरु भएको छ । त्रिवेणी युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न ७ विधामा ४० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रतियोगितामा सिनियर खुल्ला तर्फ महिला÷ पुरुष, जुनियर पुरुष, जुनियर सिँगल÷ डबल, अन्तर विद्यालय र मिक्स डबलका खेलहरु संचालनमा छन । शुक्रवार सम्पन्न खेलमा विजयी बन्दै खुल्ला महिला तर्फ सृजना कार्की र सृजना श्रेष्ठ फाइनल प्रवेश गरेका छन । त्यसै गरी सिनियर डबलमा प्रतिक श्रेष्ठ र सुवास अधिकारीको जोडीले सैलेन्द्र काफले र मनोज लिम्बुको जोडीसँग उपाधी भेट गरेका छन ।
जुनियर डबलमा मौसम लिम्बु र आयुस अग्रवालको जोडीले प्रज्वल श्रेष्ठ र मिलन बास्तोलको जोडीसँग उपाधी प्रतिस्पर्धा गर्नेछ । सिनियर सिँगलमा शैलेन्द्र काफले र सुवास अधिकारी, जुनियर सिँगलमा मिलन बास्तोला र आयुस अग्रवालले शनिवार उपाधीका लागी भेट गर्नेछन ।
अन्तर विद्यालयमा सुर्योदय शिक्षा सदन र इलाम मर्निङ ग्लोरी बिजयी बन्दै शनिवार उपाधी भिडन्त गर्नेछन । अन्तर विद्यालय मिक्स डबलको सवै खेलहरु शनिवार नै गरिनेछन । प्रतियोगिताको बिजेताले नगद सहित प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछन ।
विद्यार्थी र स्थानियहरुको अन्तरनिहित खेल प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगिता असार १० गते सम्पन्न हुनेछ ।