Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकमैत्री नहुँदा इलामको पर्यटन फस्टाउन सकेन्

पर्यटकमैत्री नहुँदा इलामको पर्यटन फस्टाउन सकेन्

  • लोकल सन्देश
  • शुक्रबार, असार ९ २०७४


पर्यटकमैत्री नहुँदा इलामको पर्यटन फस्टाउन सकेन्

इलाम,  । पर्यटनका स्रोतसाधन भएपनि व्यवसायिक र पर्यटनमैत्री नहुँदा इलामको पर्यटन फस्टाउन सकेको छैन । इलामका पर्यटकिय क्षेत्रहरुको बारेमा प्रचारपसार भएपनि होटल व्यवसायीहरु व्यसायिक र मर्यादित नहुँदा अपेक्षिकृत रुपमा पर्यटकहरु भित्र्न नसकेको पर्यटनमैत्री व्यवसायिक सचेतना गोष्ठी एवम तालिमका सहभागीहरुले बताएका छन ।

पूर्वी पहाडकी रानी भनेर चिनिने इलाममा पर्यटनका स्रोत साधन र संभाव्यता भएपनि पर्यटकिय क्षेत्रहरुमा रहेका होटल व्यवसायी र पर्यटन सम्वन्धी काम गर्ने संघ संस्थाहरुको ध्यान नपुग्दा अपेक्षिकृत फाइदा लिन नसकिएको सहभागीहरुको जोड थियो । अलैची व्यवसायी संघका अध्यक्ष बिजय खाकीले इलामको अलैची विश्वमा नै प्रख्यात रहेकाले यसलाई जोडेर पनि पर्यटन विकास गर्न सकिने आधार भएको बताए ।

आठ “अ”ले परिचित इलामलाई चिया,किवी जस्ता उत्पादनसँग जोडेर पर्यटनलाई अघि बढाउन सके आर्थिक रुपमा पनि जिल्लाको समृद्धिमा थप टेवा पुग्ने उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कटट्ेलले बताए ।
गर्मीको समयमा झापा लगायतका ठाँउहरुबाट कन्याम आउने पर्यटकहरु दिनप्रतिदिन बढे पनि खान बस्नको लागी राम्रो होटल र पर्याप्त होमस्टे नहुदा धेरै जसो पर्यटकहरु इलाम घुम्ने र फर्कर्ने गरेका छन । पर्यटनको गन्तव्य भनेर चिनिएको इलामलाई कुनै पनि माध्यमबाट विज्ञापन गर्न जरुरी नरहेपनि पर्यटनको मुख्य आधार होटल व्यवसाय रहेकाले यसलाई व्यवसायिक बनाउनुपर्ने स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार