इलाम । पूर्वी नेपालको पुरानको मध्ये एक इलाम नगरपालिकामा स्थानीय तहको निर्वाचनमा भाग लिएका उमेद्धवार विकासका एजेण्डा लिएर मतदाताका घरदैलोमा व्यस्त छन् । मतदाताका घरदैलोमा पुगेका राजनीतिक दल तथा स्वतन्त्र उमेद्धवारले आफुले जितेमा विकासका पूर्वाधार निर्माणलाई प्रथकिता दिएर काम गर्ने बताएका हुन् । २०१७ सालमा तत्कालिन अवस्थामा नगरपञ्चायतका रुपमा घोषणा भएको २०४६ सालपछि नगरपालिका बनाइएको थियो । नेपाली काग्रेसका तर्फबाट मेयर पदमा उमेद्धवारी दिएका हिमाल कर्माचार्यको नगरपालिकालाई भष्ट्राचार मुक्त बनाई सडक, विद्युतीकरण, खानेपानी, वेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता छ । काग्रेसका जिल्ला सभापति समेत रहेका उनी आफुले जितेमा इलाम नगरलाई पाँच वर्षमा समृद्ध नगर बनाउने योजना छ ।
एमालेका तर्फबाट मेयरको उमेद्धवार भएर चुनावी मैदानमा होमिएका जिल्ला पार्टी सचिव महेस बस्नेतले आफु बिजयी भएमा खानेपानी, स्वास्थ बिजुली सबै टोलमा पुर्याउने लक्ष्य छ । पूर्व मेयर समेत रहेका बस्तेतले पाँच वर्षलाई नगर विकासको आधार वर्षको रुपमा काम गरि २० वर्ष पछि उप महानगरमा स्तरउन्नती गर्ने योजना छ । हरेक वडामा कालोपत्रे सडक पु¥याउने एजेण्डालाई चुनावी नारा बनाएको माओवादीक केन्द्रका उमेद्धवार प्रभास सर्मा आफुले जितेमा नगरलाई पर्यटकीय क्षेत्र बनाइ रोजगारी सिर्जाना गर्ने योजना छ । काग्रेस एमालेका नेताले काम यस अघि नेतृत्व लिएर काम गरेपनि विकास नभएकाले आफुले जितेमात्रै विकास सम्भव भएको उनले बताए ।
राप्रपा, संघीय समाजवादी र स्वतन्त्र उमेद्धवार पनि नगरमा विकासका संरचना बनाउने प्रतिवद्धता सहित चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उमेद्धवार सन्तोष राईले पनि विकास निर्माणका संरचना बनाई इलाम नगरलाई समृद्ध बनाउने बताउँछन् । उनी भन्छन्, आफु नेतृत्वमा आएमा खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रलाई सुलभ रुपमा नगरबासीलाई सुविधा दिन्छु । संघीय समाजवादी पार्टीका मेयरका उमेद्धवार छिकेन तामाङ्ग पनि नगरको व्यवस्थित विकासको अठोटका साथ मतदातासँग भोट माग्न व्यस्त रहेका छन् । उनी भन्छन्, नगरको नेतृत्व गर्ने अवसर नगरवासीले दिएमा भष्ट्रचार मुक्त नगर बनाई विकास निर्माणको कामलाई दु्रत गतिमा गर्नेछु ४८ हजार ५ सय ३६ जनसंख्या र ३० हजार ६ सय १८ मतदाता रहेको इलाम नगरपालिकामा ६२ पदका लागि २ सय २५ चुनावी मैदानमा उत्रिएका हुन् ।
भष्ट्राचार मुक्त नगर काग्रेसको योजना
नेपाली काग्रेसबाट मेयरको उमेद्धवारी दिएका हिमाल कर्माचार्य आफु मेयर पदमा बिजयी भएमा इलाम नगरपालिकालाई भष्ट्राचार रहित शुसासन सहितको हराभरा समृद्ध नगर बनाउने प्रतिवद्धता छ । आफुपनि भष्ट्राचार नगर्ने र नगरभित्र भइरहेको अनियमिताका काम अन्त्य गर्ने उनी बताउँछन् । सुशासन र उच्च नैतिकवान भएर काम गरि विकासका संरचना बनाएर हराभरा समृद्ध नगर बनाउने काग्रेसको लक्ष्य छ । सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको समस्या, परम्परागत कृषि प्रणालीमा आधुनिकता, उद्योगको विस्तार तथा विकासमा ध्यान केन्द्रित गर्ने पाँच वर्षका लक्ष्य लिएको कर्माचार्यको भनाइ छ । पर्यटन क्षेत्रको विकाससँगै विद्युतिकरणको समस्याको अन्त्य गर्ने र युवा वर्गको परिचालन गरि कृषि र पर्यटन व्यवसायमा विस्तार गर्ने काग्रेस उमेद्धवार हिमाल कर्माचार्यको भनाइ छ ।
एमाले लक्ष्य पाँच वर्ष विकासको आधार वर्ष
नेकपा एमालेका उमेद्धवार महेश बस्नेतले इलाम नगरलाई पाँच वर्षमा विकासका आधार वर्ष बनाउने बताए । पाँच वर्ष भित्र गरेका कामहरुबाट विस वर्षपछि उन्नत, सव्य, समृद्ध हरित नगर बनाई उप महानगरमा स्तरउन्नति गर्ने लक्ष्य रहेको छ । पाँच वर्ष भित्र खानेपानी, स्वास्थ्य, बिजुली, यातायात र सबै वडाहरुमा खेलमैदान निर्माण गर्ने एमाले उमेद्धवार बस्नेतको योजना छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसलाई विश्वविद्यालय बनाउने, प्राविधिक धारको शिक्षामा जोड दिने, मेडिकल कलेजको स्थापना गर्ने, इलाम अस्पताललाई २ सय बेडको बनाउने र सुकिलुम्बा विभानस्थल संचालन गर्ने बस्नेतले बताए ।
समृद्ध नगर हतिर सहर माओवादीको नारा
माओवादी केन्द्रका उमेद्धवार प्रभास सर्माले इलाम नगरपालिकालाई समृद्ध नगर बनाई हरित सहरको रुपमा विकास गर्ने बताए । माओवादी केन्द्रले विजयी हासील गरेमा शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास, यातायात क्षेत्रको द्रुत विकास गर्ने माओवादी केन्द्रका उमेद्धवार सर्माले बताए । नेपाली काग्रेस र एमालेका नेताले नगरको नेतृत्व पाएपनि विकास नभएकाले माओवादी केन्द्रका उमेद्धवारले जित हासिल गरेमा सबै वडामा पाँच वर्ष भित्रमा कालोपत्रे सडक पुर्याउने सर्मा बताउँछन् । पर्यटन विकास गर्ने, इलाम अस्पताललाई विषेशज्ञ सहितको सेवा विस्तार गर्ने र इलाम चिया बगानलाई निजीकरण फिर्ता गरि पर्यटकीय क्षेत्र बनाउने उनको योजना छ । कुराकानीमा अाधारित