माइ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम निवर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापाले अवको निकास आर्थिक विकास भएको बताएका छन । देशमा धेरैवटा परिर्वतनका आन्दोलनपछि अहिलको अवस्थामा आएकाले अव आर्थिक समृद्धीको लागी अर्को आन्दोलन हुनुपर्ने उल्लेख गरे ।
आर्थिक संमृद्धि, राजनीतिक निकास तथा राष्ट्रियताको मुल मन्त्र कांग्रेसका मुख्य एजेण्डा भएकाले पनि स्थानीय तहको निर्बाचनमा कांग्रेसलाई भोट नहाले देशले विकासको गति नलिने उनको धारणा थियो । माइ नगरपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै थापाले भने “काँग्रेसले मतको राजनिती होइन सवै राजनितिक दलहरुलाई जोडेर देशको समृद्धीका लागी राजनिती गरेको छ । अवको स्थानिय तहको निर्वाचनमा काँग्रेसको जितले मात्र देशका सवै खुशियाली प्राप्त हुनेछ” । थापाले संविधानले पुर्णता पाउनु भनेको कार्यान्वयन मात्र भएको उल्लेख गरे । देशका रोजगारीको अवसर नहुँदा युवाहरुको बैदेशिक रोजगारको लागी पलायन भएको बताउदै उद्योग, कृषि र पर्यटन विकासमा जोडले मात्र देश समृद्ध बन्ने बताए । थापाले अवको ५ बर्षमा नेपाली काँग्रेसको सरकारले ६५ बर्ष नाघेका जेष्ठ नागरिक, गरिव, एकल महिलालाई ५ हजार बृद्ध भत्ता दिने उल्लेख गर्दै कम्तीमा ५ बर्ष काँग्रेस सरकार रहनुपर्ने र आर्थिक बृद्धि दर हाल कायम रहे अनुसार हुनुपर्ने बताए ।
देशका शान्ति, अमनचयनको लागी काँग्रेसको विकल्प नरहेकोमा उनको जोड थियो । उनले भने “नेपाली कांग्रेसले युद्धमा फसेको माओबादीलाई सडक सम्म र सडकबाट सदन सम्म पु¥याएको छ । अहिले सम्म पनि राजनीतिक संक्रमण अन्त्य नभएको र संक्रमण अन्त्य गर्ने तागत नेपाली काँग्रेसका बाहेक अन्यमा सार्मथ्य छैन ।”
कार्यक्रममा अर्का वक्ता नेपाली काँग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले दोश्रो चरणको निर्वाचन काँग्रेसमय हुने बताए । उनले भने “ निर्वाचनको हाफ टाइममा मात्र सकिएको छ । पहिलो चरणका नेकपा एमाले १८÷२० स्थानिय तह बढी जितेपनि सवै स्थानिय तहको निर्वाचन सकिँदा काँग्रेस नै पहिलो शक्ती हुने छ ।” नेकपा एमालेको एजेन्डा बृद्धभत्ता बाहेक अन्य नरहेका शर्माले उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेस माइ नगरपालिकाका प्रमुख बिष्णु (हेमकुमार) कार्की र उपप्रमुख चन्द्रमाया लिम्बुले मन्तव्य राखेका थिए ।