Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाइमा मनोनयन सम्पन्न,

देउमाइमा मनोनयन सम्पन्न,

  • लोकल सन्देश
  • आइतबार, असार ४ २०७४


देउमाइमा मनोनयन सम्पन्न,

इलाम,  ः आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी देउमाइ नगरपालिकामा उम्मेदवार मनोनयन सम्पन्न भएको छ । देउमाई नगरपालिकामा ६ वटा दलले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन । यस नगरपालिकामा स्वतन्त्र रुपमा कसैले मनोनयन दर्ता नगराएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए । अधिकृत दाहालका अनुसार नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदमा होमप्रसाद दुुलालले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा सुुर्यमाया राईले मनोनयन दर्ता गरेकी छिन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा सुुर्यप्रसाद पोख्रेल र उपप्रमुखमा पविमाया राईले मनोनयन दर्ता गराएकी छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदमा रामकुमार राई उपप्रमुखमा शान्ता बस्नेतले मनोनयन दर्ता गराएकी छन् । संघिय समाजवादी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाले नगर प्रमुखमा मात्र उम्मेदारी दिएका छन ।
संघिय समाजवादीका तर्फबाट दिर्घराज रैका, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हेमराज लिम्बु र राप्रपाका प्रतापसिँह चापागाईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार