इलाम, । चुरे दिवसको अवसरमा रोङ गाँउपालिका–३ मा रहेको हासपोखरी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वन क्षेत्रको ०.८ हेक्टर क्षेत्रमा विभिन्न उन्नत जातको २ सय बढी विरुवा रोपण गरिएको हाे । समुहका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा गरिएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी सामुदायिक वनका संस्थापक अध्यक्ष पुरन राई रहेका थिए । वृक्षारोपण कार्यक्रममा योगबहादुर राई (योगेश), देउबहादुर राई, डम्बर राई लगायत समुहका ३० भन्दा बढी उपभोक्ताहरुको सहभागीता थियो ।