Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका १० वटै स्थानीय तहमा निर्वाचनको तयारी पुरा

इलामका १० वटै स्थानीय तहमा निर्वाचनको तयारी पुरा

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार २ २०७४


इलामका १० वटै स्थानीय तहमा निर्वाचनको तयारी पुरा

इलाम । असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी इलाममा पुरा भएको छ । १० वटा स्थानीय तह रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिले तयारी पुरा गरको हो ।
१ सय ४४ वटा मतदान स्थलका २ सय ४९ मतदान केन्द्र रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले २२ सय ५५ कर्मचारी निर्वाचनमा खटाउँदै छ ।

निर्वाचनमा खटिने मतदान अधिकृत र साहायक अधिकृतको तालिम सकेर मतदानमा आवश्यक पर्ने ६४ प्रकारका समाग्री सम्बन्धित केन्द्रमा पठाउन तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लले बताए ।
निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले मतदाताको संख्याका आधारमा प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र प्याकेजिङ्ग सकेको छ । मदतान केन्द्रमा खट्ने कर्मचारी पदस्थापन सकेपछि कार्यालयले निर्वाचन सामग्रीसँगै मतपत्र पठाइने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।  २७ मतदानस्थल अति संवेसदनसिल, ३३ संवेदनसिल र ८४ वटा सामान्यको सूचिमा राखेको जिल्ला सुरक्षा समितिले निर्वाचनको सुरक्षाका लागी सबै तयारी पुरा गरेको छ । भय रहित रुपमा निर्वाचन सम्पन्न गर्न नेपाल पहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

तीन घेरमा हुने निर्वाचन सुरक्षाका लागि १८ सय नेपाल प्रहरी, ४ सय शसस्त्र प्रहरी र ६ सय नेपाली सेना १० वटै स्थानीय तहमा परिचालन भएका छन् । स्थानीय तहको निर्वाचनमा इलाममा ९ वटा राजनीतिक दलले सहभागि हुनेछन् । इलामका १० स्थानिय तहमा १ लाख ८९ हजार २७४ मतदाता रहेका छन । ४ नगरपालिका, ६ गाउँपालिका रहेको इलाममा २० जना प्रमुख÷उपप्रमुख एवम ८१ वडा अध्यक्ष सहित ४ सय ४९ जना प्रतिनीधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार